विश्व चर्चित ब्रेकअप : जोन सेना–निकीको विवाह हुन ३ हप्तामात्रै बाकि हुँदा छुट्टीए [कारण यस्तो छ]



हाम्रो इकोनोमि

 

जोन फेलिक्स एन्थोनी सिना (जन्म एप्रिल २३, १९७७) एक अमेरिकी रेस्लर, हिप-हप गायक र कलाकार हुन्।

उनी अहिले डब्लु.डब्लु.इसँग सम्बन्धित छन्। जोन सिना डब्लु.डब्लु.इको बाहिरी मुहार हुन्।

उनी हाल डब्लु डब्लु इ मा कार्यरत छन्। ऊनी १६ पटक डब्लुडब्लुई विश्व बिजेता रहेका छन्

  • विश्व प्रतियोगिता – १६ पटक
  • अमेरिका विजेता – ५ पटक
  • ट्याग टिम विजेता – ४ पटक
  • सन माइकल्स (१), द मिज (१), डेभिड ओटुङ्गा (१),र बाटिस्टा (१)
  • मनि इन द बैंक (१ पटक) – २०१२मा
  • रोयल रम्बल (२ पटक) – (२००८ र २०१३मा)
  • स्लामि अवार्ड (१० पटक)

हालै हलिउडको एक चर्चित एवं प्रख्यात जोडीको ब्रेकअप भएको छ । हलिउडका चर्चित अभिनेता तथा रेसलर जोन सेनाले प्रेमिका निकी वेलासंग ब्रेकअप भएको घोषणा गरेका छन् । विवाहका लागि ठिक ३ हप्ता मात्रै बाकि रहँदा जोन सेनाले ब्रेकअप भएको जानकारि दिएका छन् । यो जोडी विगत ६ बर्षदेखि प्रेम सम्बन्धमा रहेको थियो । विवाह हुनुभन्दा केहि समय अगाडी मात्र यो जोडीको ब्रेकअप भएको हो ।

अमेरिकाको पत्रिका युएस विकलीले उनीहरुको ब्रेकअप भएको पुष्टि गरेको छ । जसमा लेखिएको छ ’यो फैसला गर्न हाम्रो लागि धेरै मुस्किल थियो । अलग भएपछि पनि हामि एक अर्कालाई माया अनि सम्मान गर्ने छौ । कृपया हामि जीन्दगीको कठिन घडिमा छौ हाम्रो गोपनियताको सम्मान होस् ।’ जोन सेना र निकी वेलाले सन २००६ देखि डेट गर्न शूरु गरेका थिए । सन २०१७ मा उनीहरुको मग्नी समेत भएको थियो । जाेनले ’Wrestlemania 33‘ को मञ्चमै निकीलाई प्रेम प्रस्ताव राखेका थिए ।

पछिल्लो महिना दिएको एक अन्तर्वार्तामा जोनले भनेका थिए ’सम्बन्धलाई अगाडि बढाउनका लागि धेरै प्रयास गर्नु पर्छ । सम्बन्ध मुस्किल हुन्छ, प्रेम गर्नु कहिल्यै सजिलो हुदैन । प्रेम सुन्दर र अनौठो हुन्छ । तर ६ बर्षको सम्बन्ध पछि मात्रै हामिलाई थाहा भयो कि प्रेम सजिलो हुदैन भनेर ।‘ उनले भनेका थिए ’बाकि जोडीहरु जस्तै हाम्रो लव लाइफमा पनि समस्या एवं मुस्किलहरु छन् । हाम्रा केहि समस्याहरु सार्वजनिक नै छन् तै पनि हामि काम गरिरहेकै हुन्छौ ।‘

’म कहिले निरास हुन्छु अनि महसुस गर्छु कि म निकी बिना बाच्न सक्दैन । हाम्रो भेट हुन कहिलेकाहि महिनौ लाग्छ ।‘ जोन र निकीको विवाह मे ५ मा हुने भनिएको थियो । तर विवाह हुनु भन्दा २० दिन अगाडी मात्रै यो जोडी अलग हुन पुग्यो । यो खबरले उनका फ्यानलाई निरास बनाएको छ । जोन निकीलाई निकै प्रेम गर्थे । यो जोडीको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहन्छ । जोन-निकी बिचको प्रेम सम्बन्घ रेसलिङको संसारमा चर्चाको बिषय बनिरहन्छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई

  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

२०४६ देखि २०८२ चैत सम्म को-को पर्दैछन सम्पत्ति छानबिनमा

    सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदधारी बहाल र सेवा निवृत्त...

आयल निगम कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

    नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका...