आयो विश्वकै अचम्मको कण्डम : अब कण्डमले नै गराउनेछ एकसाथ यौनसम्पर्कका लागि सहमत



हाम्रो इकोनोमि

 

सामान्यतया अहिलेसम्म महिला र पुरुषका लागि फरकफरक कण्डम निर्माण गरिएको हामीले थाहा पाएका छौं ।

के तपाईलाई थाहा छ विश्वमा अहिले एक अनौठो कण्डमको निर्माण पनि भएको छ ।

अर्जेन्टिनाको यौन खेलौना ‘सेक्स टोय’ बेच्ने कम्पनी तुलिपनले एउटा यस्तो कण्डम निर्माण गरेको छ जसलाई खोल्नका लागि दुई व्यक्तिको सहमतीको आवश्यक पर्ने कम्पनीको दावा रहेको छ ।

अथार्त्, प्याकेट खोल्नका लागि एकै समयमा चारवटा ठाउँमा दबाउनुपर्छ ।

‘कन्सेन्ट कण्डम’ नाम दिइएको यो कण्डमको प्याकेटको चार कुनामा पोइन्ट बनाइएका छ ।

यदि दुई व्यक्तिले आफ्नो दुबै हातले यसलाई सँगै दबाउँछन् भनेमात्र यसको प्याकेट खोलिनेछ ।

कण्डमको प्याकेटमा लेखिएको छ, ‘यदि यसमा सहमती छैन भने यो असहमती हो ।’ यसलाई औपचारिक रुपमा यसै वर्ष सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ ।

यद्यपि, यसका केही निश्चित प्याकेट बार र ब्यूनोस आयर्समा आयोजित कार्यक्रममा सहभागी जोडीलाई नमूनाको रुपमा निःशुल्क बाँडिदैछ । हामीले यौन सम्बन्धको चर्चा गर्दै सुख त्यतिबेला मात्रै सम्भव हुन्छ जब यसमा दुबैको बराबर सहमती हुन्छ । यसले यौन सुख बढाउने उनीहरुको दावी छ ।

प्रतिक्रिया दिनुहोस
नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...