एलन मस्कको १ अर्ब डलर दुई मिनेटमै डुब्यो !



हाम्रो इकोनोमि

 

इलेक्ट्रिक कार कम्पनी टेस्लाको सेयरमा बिहिबार ८.१८ प्रतिशतले गिरावट भएको छ ।

यसले कम्पनीको मार्केट क्याप ४.१२ अर्ब डलर घटेको छ ।

सेयर यसकारण खस्कियो किनभने जनवरी–मार्च त्रैमासिकमा टेस्लाको वाहन बिक्रि ३१ घटेको छ ।

कम्पनीको इतिहासमा यो सबैभन्दा ठूलो त्रैमासिक गिरावट हो । टेस्लाले बुधबार वाहन बिक्रिको आँकडा जारी गरेको थियो ।

कम्पनीको इतिहासमा यो सबैभन्दा ठूलो त्रैमासिक गिरावट हो । टेस्लाले बुधबार वाहन बिक्रिको आँकडा जारी गरेको थियो ।

न्यूयोर्क सेयर बजार खोलिएको दुई मिनेट भित्रै टेस्लाको सेयरमा आएको गिरावटले मुख्य कार्यकारी अधिकारी एलन मस्कको नेटवर्थ ९१.४ करोड डलर घटेर २२.५ अर्ब डलर रह्यो । उ

नको कूल सम्पत्तिमा टेस्लाको शेयरहोल्डिङ समावेश छ ।

बिहिबार इन्ट्रा–डेमा टेस्लाको शेयरमा ११ प्रतिशतसम्म गिरावट आएको थियो । यसले मस्कको नेटवर्थमा १ अर्ब डलरसम्मको क्षती दर्ता गरिएको । तर पछि केही भरपाई भयो किनभने शेयर तल्ला स्तरबाट रिकभर भयो र ८.१८ प्रतिशतको गिरावटसहित कारोबार समाप्त भयो ।

अक्टोबर–डिसेम्बर त्रैमासिकको तुलनामा यो ३१ प्रतिशतको कमी हो । जनवरी–मार्चमा टेस्लाको बेस्ट सेलिङ कार–मोडल थ्री सेडानको ५० हजार ९ युनिट बिक्रि भएको थियो । लज्जरी –मोडल एस सेडान र मोडल एक्स एसयूवीको १२ हजार एक सय युनिट बिक्री भयो । दुई वर्षमा पहिला पटक टेस्लाको त्रैमासिक बिक्रि घटेको हो । एजेन्सी

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...