एलन मस्कको १ अर्ब डलर दुई मिनेटमै डुब्यो !



हाम्रो इकोनोमि

 

इलेक्ट्रिक कार कम्पनी टेस्लाको सेयरमा बिहिबार ८.१८ प्रतिशतले गिरावट भएको छ ।

यसले कम्पनीको मार्केट क्याप ४.१२ अर्ब डलर घटेको छ ।

सेयर यसकारण खस्कियो किनभने जनवरी–मार्च त्रैमासिकमा टेस्लाको वाहन बिक्रि ३१ घटेको छ ।

कम्पनीको इतिहासमा यो सबैभन्दा ठूलो त्रैमासिक गिरावट हो । टेस्लाले बुधबार वाहन बिक्रिको आँकडा जारी गरेको थियो ।

कम्पनीको इतिहासमा यो सबैभन्दा ठूलो त्रैमासिक गिरावट हो । टेस्लाले बुधबार वाहन बिक्रिको आँकडा जारी गरेको थियो ।

न्यूयोर्क सेयर बजार खोलिएको दुई मिनेट भित्रै टेस्लाको सेयरमा आएको गिरावटले मुख्य कार्यकारी अधिकारी एलन मस्कको नेटवर्थ ९१.४ करोड डलर घटेर २२.५ अर्ब डलर रह्यो । उ

नको कूल सम्पत्तिमा टेस्लाको शेयरहोल्डिङ समावेश छ ।

बिहिबार इन्ट्रा–डेमा टेस्लाको शेयरमा ११ प्रतिशतसम्म गिरावट आएको थियो । यसले मस्कको नेटवर्थमा १ अर्ब डलरसम्मको क्षती दर्ता गरिएको । तर पछि केही भरपाई भयो किनभने शेयर तल्ला स्तरबाट रिकभर भयो र ८.१८ प्रतिशतको गिरावटसहित कारोबार समाप्त भयो ।

अक्टोबर–डिसेम्बर त्रैमासिकको तुलनामा यो ३१ प्रतिशतको कमी हो । जनवरी–मार्चमा टेस्लाको बेस्ट सेलिङ कार–मोडल थ्री सेडानको ५० हजार ९ युनिट बिक्रि भएको थियो । लज्जरी –मोडल एस सेडान र मोडल एक्स एसयूवीको १२ हजार एक सय युनिट बिक्री भयो । दुई वर्षमा पहिला पटक टेस्लाको त्रैमासिक बिक्रि घटेको हो । एजेन्सी

प्रतिक्रिया दिनुहोस
नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...