यसरी समाप्त हुँदैछ भारतीय दमन : सीमा क्षेत्रमा भारतले बनाएको स्तम्भ प्रहरीले भत्कायो !



हाम्रो इकोनोमि

 

नेपाल–भारत सीमा क्षेत्रमा लामो समय देखि तनाव उत्पन्न हुने गरेको छ । भारतले हरेक दिन दशगजा क्षेत्रमा आफ्नो प्रभाव जमाउँदै नेपाली सीमा मिच्ने गरेको आरोप लाग्ने गरेको छ । सीमा क्षेत्रमा भारतीय दादागिरीले गर्दा नेपालीहरुले सास्ती खेप्नु परेको छ । राति सुतेको समयमा नेपालमा हुनेहरु बिहानै भारतीय हुने गरेको गुनासो गर्दै आएका छन् ।

 

नेपालको पूर्वीनाका काँकडभिट्टास्थित मेची पुलको छेउमै भारतीय ठेकेदारले बनाएको ‘माइल’ स्तम्भ आज बिहान भत्काइएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको निर्देशनमा मेची पुलको प्रवेशद्वारमै बनाइएको एनएच ३२७ वी सिलगुढी ३२ र बागडुग्रा १९ लेखिएको ‘माइल’ स्तम्भ भत्काइएको हो ।

 

मेची पुल बनाउँदै आएको ठेकेदारले सो ‘माइल’ स्तम्भ बुधबार बनाएको थाहा पाएपछि काँकडभिट्टाका बासिन्दाले आपत्ति गरेर प्रजिअ दाहाललाई तत्काल जानकारी गराएका थिए ।नेपाली पक्षलाई जानकारी नै नदिई भारतीय पक्षले आफ्ना स्थानका बारेमा जानकारी दिन बनाएको सो स्तम्भको आज बिहान निरीक्षण गरी प्रजिअ दाहालले नियम विपरीत बनाइएको ‘माइल’ स्तम्भ भत्काउन लगाउनुभएको हो ।

 

स्थानीयवासी र सशस्त्रप्रहरीको टोलीले माइल स्तम्भमा लेखिएको नम्बर र नाम मेटाएर भत्काएका छन् । यो भन्दा पहिले पनि स्थानीयले यसरी बाँध भत्काउँने गरेका छन् । सीमा मिच्न खोज्ने भारतको प्रतिकार गर्दा सीमा क्षेत्रमा नेपालीहरु शहीद हुनु परेको तितो सत्य पनि रहेको छ । दुई देश बिचका सरकार बसेर सीमा विवादका विषयमा ठोस निर्णय गर्न सकेको खण्डमा सहज हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...