म विशेष महाधिबेशन बोलाउँदिन, यस्तो आन्दोलन मलाई केही असर पर्दैन : देउवा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिल्ला सभापतिहरुले दिएको चुनौति फेस गर्न आफु तयार रहेको प्रतिक्रिया दिएका छन् ।राजधानी काठमाडौंमा केही जिल्ला सभापतिहरुले देउवा र केन्द्रीय समितिको निर्णयबिरुद्ध धावा बोलिरहेका बेला उनीको चुनौति फेस गर्न आफु तयार रहेको बताए ।

 

‘को–को जिल्ला सभापतिले मलाई चुनौति दिनुभयो ? म त्यतातिर जान्न तर उहाँहरुले दिएको चुनौतिलाई सामना गर्न म तयार छु’ विराटनगरमा पत्रकारसँग कुरा गर्दै देउवाले भने ‘कस्ले के माग राख्यो ? त्यो मलाई जानकारी छैन, म बिशेष महाधिबेशन बोलाउँदिन । उहाँहरुले बोलाए म फेस गर्न तयार छु ।’

 

राजधानी काठमाडौंमा बुधवारदेखि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला निकटका जिल्ला सभापतिहरुको भेला चलिरहेको छ । आजसम्म चल्ने भेलाले पाटीका सवै तहका पदाधिकारीहरु वडाबाटै निर्वाचित भएर आउनु पर्ने माग गरेका छन् । कांग्रेसको महासमिति बैठकले पनि सवै तहका नेताहरु महाधिबेशन प्रतिनिधि हुँदा वडातहबाटै निर्वाचित भएर आउनु पर्ने निर्णय गरेको थियो । तर केन्द्रीय समितिले महासमिति र जिल्ला सभापतिहरुको भेलाले दिएको माइन्डेट विपरित निर्णय गरेपछि कांग्रेसभित्र विवाद शिर्जना भएको थियो ।

 

देउवाले जिल्ला सभापतिहरुको भेला औचित्यहिन भएको टिप्पनी पनि गरेका छन् । जिल्ला सभापतिहरुको भेलामा विशेष महाधिबेशनको माग गरिएको छ । देउवाले बिशेष महाधिबेशन आफुले नवोलाउने तर बोलाए आफु गएर फेस गर्ने बताए ।

 

दुईचार जना जम्मा भएर आन्दोलन गर्दैमा मलाई केही असर पर्दैन : देउवा

 

 

हिजो नेपाली कांग्रेस जिल्ला सभापतिहरुले ठमेलमा भेला गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई चुनौती दिएका थिए । यसका जवाफमा सभापति देउवाले जिल्ला सभापतिहरुले माग गरेको विशेष महाधिवेशन सामना गर्न आफू तयार रहेको बताउनुभएको छ । उहाँले पार्टीको विशेष महाधिवेशन आव्हान नगर्ने तर उनीहरुले बोलाए सामना गर्न तयार रहेको बताउनुभएको हो ।

 

आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले भन्नुभयो, ‘विशेष महाधिवेशन फेस गर्न तयार छु, पार्टीले बोलाउँदैन, जिल्ला सभापतिहरुले बोलाउँछन् भने बोलाउन्, फेस गर्न तयार छौँ ।’ तर उहाँले पार्टीले भने विशेष महाधिवेशन नबोलाउने दाबी समेत्त गर्नुभएको छ । पार्टी एक जुट गराएर अगाडि बढ्ने क्रममा रहेकोले भन्दै सभापति देउवाले केही जिल्ला सभापतिहरुको चलखेलले कुनै फरक नपर्ने स्पष्ट पार्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...