अध्यक्ष प्रचण्डले भने अब नेपालमा धनी–गरिब हुँदैनन् सबै बराबर हुन्छन्



हाम्रो इकोनोमि

 

नेपालमा राम्रो रोजगारीको अवसर नहुँदा हरेक दिन हजारौंको संख्यामा नेपालीहरु विदेश जान वाध्य भएका छन् । सरकारले नेपालमा रोजगार दिने भनेर विभिन्न कार्यक्रमहरु ल्याएको भए पनि प्रभाव पर्न सकेको देखिएको छैन । यो बिचमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले रोजगारी सिर्जनाका लागि शिक्षा नीति सुधार हुनुपर्ने बताउँनु भएको छ ।

 

आज राजधानीमा शुरु भएको राष्ट्रिय विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका प्रचण्डले रोजगारी सिर्जनाका लागि शिक्षामा गुणात्मक सुधार हुनुपर्ने बताउँनुभयो ।

 

नपढेको भन्दा पढेको जनशक्ति विदेश पलायन हुने क्रम बढेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको छ । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘देशभित्र काम गर्नेभन्दा विदेशमा गएर जागिर खोज्ने प्रवृत्ति बढ्दो छ र देशभित्र उत्पादनशील जनशक्ति घट्दो छ ।

 

यो के कारणले भयो भनेर गहिरिएर हेर्ने हो भने मुख्य कुरा शिक्षामै छ ।’ उहाँका अनुसार, ‘हामीले २५ वर्षसम्मको योजनामा विचार गर्दा अब कस्तो जनशक्ति तयार पार्ने भन्ने कुरालाई सबैभन्दा माथि राख्नुपर्दछ भन्ने मलाई लाग्दछ ।’

 

अध्यक्ष प्रचण्डले व्यवसायिक शिक्षामा प्राविधिक शिक्षामा, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने शिक्षालाई विद्यालयदेखि विश्वविद्यालयसम्म दिनुपर्ने बताउँनुभयो । विकास परिषद बैठक विगतको निरन्तरता मात्र हुन नहुने भन्दै प्रचण्डले आगामी योजनामा धनी र गरिबको खाडल हटाउने योजनालाई प्राथमिकता दिनुपर्ने जनाउँनु भएको छ ।

 

विगतमा आन्दोलन गर्दा र जनतालाई प्रशिक्षित गर्दा आफूहरुले विभेदको अन्त्य गर्ने भनेको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘अझ सरकारको नेतृत्व गर्ने पार्टी नेकपा त सबभन्दा बढी त्यही विषयमा प्रशिक्षण दिएर जनताको मन जितेर आएको हो । त्यसैले हामीले वर्ग विभेद हटाउने, सामाजिक न्यायसहितको समतामूलक समाज निर्माण गर्ने कुरालाई प्राथमिकतामा राख्नैपर्दछ । हाम्रो योजनाले, हाम्रो बजेटले, हाम्रो कार्यक्रमले ।’

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...