यस्तो अनौठो देश जहाँ मानिसहरु एक पटक सुते पछि महिना दिनसम्म पनि उठदैन् !



हाम्रो इकोनोमि

 

 

सामान्यतया एक स्वस्थ मानिसले दिनमा ८ घण्टा सुत्नु राम्रो हुन्छ । यदी तपाई दिनमा ६ घण्टा भन्दा कम सुत्नुहुन्छ भने त्यो स्वास्थ्यका लागि गलत हो । तर दिनमा आठ घण्टा भन्दा धेरै सुत्नु राम्रो हुँदन तर सुताई उमेरमा भर पर्ने कुरा हो । हामीले भनेको आठ घण्टा एक वयस्क व्यक्तिका लागि हो । सुत्ने कुरामा बच्चा धेरै सुत्नुपर्दछ भने बृद्ध अवस्थामा कम सुत्दा पनि फरक नपर्ने जानकारहरु बताउँछन् ।

 

 

सुत्ने कुरामा वर्तमान समयमा एक अजिब गाउँ फेला परेको छ । काजगिस्तानको एक गाउँमा एक पटक सुते पछि मानिसहरु महिना दिनसम्म पनि उठदैन् । काजगिस्तानको उत्तरी क्षेत्र कलाची गाउँका मानिसमा रहस्यमय तरिकाले सुत्छन् । जव यिनीहरु एक पटक सुत्छन एक महिनासम्म उठ्दैनन् । यसलाई रोग नै मानिएको छ । कलाचीमा सन् २०१० मा पहिलोपटक यस्तो भएको थियो ।

 

त्यसबेला बच्चाहरु अचानक स्कूलमा ढलेर निदाएका थिए । त्यसयता यस्ता बिरामीको संख्या दिनानुदिन बढिरहेको छ । धेरै वैज्ञानिक तथा चिकित्सकले यसरी महिना दिनसम्म निदाउनुको कारण खोजिरहेका छन् । तर, पत्ता लागेको छैन । अझ अचम्मत जसलाई यो रोग लागेको छ उसलाई निदाउन लागे भन्नेसमेत थाहा हुँदैन ।

 

नासामा खुल्यो अनौठो जागिर, ६० दिन सुत्नुहोस् २१ लाख जित्नुहोस्

 

यदि तपाईलाई कसैंले आनन्दले सुतेर टिभी वा फिल्म हेर्ने, भिडियो गेम खेल्ने, पढ्न पाउने जागिर भेटियो भने को खुसी नहोला र ? नासा र युरोपियन स्पेस एजेन्सी (एएसए)शून्य गुरुत्वाकर्षणको परीक्षणका लागि यस्तै २४ जनाको खोजी गरेको छ । यो परीक्षण ६० दिनसम्म चल्नेछ । यसका लागि प्रत्येकले तलब पनि पाउनेछन् । यो परीक्षण जर्मनीमा गरिनेछ ।

यसमा २४ स्वयंसेवकको आवश्यकता छ जो १२–१२ को समूहमा हुनेछन् । सबैले ६० दिन ओछ्यानमा नै बिताउनेछन् । यतिबेला स्वयंसेवकको टाउको हल्का तल र खुट्टा माथि हुनेछ । यसले रक्तसंचारमा कमी आउनेछ ।

 

लामो समयसम्म अन्तरिक्षमा बसेपछि अन्तरिक्षयात्रीका मांशपेशीमा असामान्य परिवर्तन आउन थाल्छ । नासा र इएसए शून्य गुरुत्वकर्षणमा शरीरमा कस्ता परिवर्तन आउँछ भनेर थाहा पाउन चाहन्छ ।

 

वैज्ञानिकले दोस्रो राउन्डका लागि १२ स्वयंसेवकलाई लिनेछन् । यतिबेला उनीहरु टिभी, फिल्म हेर्न सक्छन्, गेम खेल्न सक्छन् र किताब पढ्न सक्छन् । यसका लागि नासाको समूहले प्रत्येक व्यक्तिलाई १९ हजार डलर अर्थात् २१ लाख रुपैयाँ दिनेछन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...