म सरकारको विरोध गर्छु तर पार्टीमा साथीहरु मेरै विरोध गर्छन : देउवा



हाम्रो इकोनोमि

 

पछिल्ला दिनहरुमा नेपाली कांग्रेसभित्र गुट उपगुटको राजनिित निकै मौलाएको छ । यो बिचमा यसको दोष जत्ति सबै सभापति शेर बहादुर देउवाको काँधमा आउँने गर्दछ । नेपाली कांग्रेसका सभापति देउवाले पार्टी भित्रै आफ्नो आलोचना भैरहेको बताउनु भएको छ ।

 

 

दाङको लमहीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आफूले सरकारको आलोचना खुलेरै गरिरहेको समयमा पार्टी भित्रै आफ्नो आलोचना हुने गरेको जिकिर गर्नुभएको छ । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘म ओली सरकारको खिलाफमा जान्छु । आफ्नै साथी मेरो खिलाफ गर्छन् ।’ यस्तै उहाँले जनमत संग्रहको नाममा देश टुक्राउन नपाइने बताउँनु भएको छ ।

 

सरकारले सीके राउतसँग गरेको सहमतिबारे देउवाले भन्नुभयो, ‘उसले जनमत संग्रह नै भन्या हो भन्छन् कुरा के हो सरकारले भन्नुपर्छ, तर देश टुक्राउन पाईँदैन, सीके राउत अथवा विप्लव सबैलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनुपर्छ ।’ उहाँले बारा र पर्सामा भएको हावाहुरीको घटनामा केन्द्र सरकार जिम्मेवार नभएको आरोप लगाउँदै आउँनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...