सुत्केरी भेट्न गाउँपालिका अध्यक्ष कुखुराको भाले बोकेर पुगेपछि…



हाम्रो इकोनोमि

 

भाेजपुरका एक गाउँपालिकाका अध्यक्षले गाउँपालिकाका कोही पनि महिला सुत्केरी भए भने कुखुराको भाले बोकेर भेट्न पुग्ने गरेका छन् । अरुण गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका सुत्केरी महिलाको स्वास्थ्य र पोषणको अवस्था बुझ्न घरदैलो अभियान सुरु गरेको हो ।

 

अभियानअन्तर्गत बच्चा र आमाको स्वास्थ्य अवस्था चेक गर्ने, बच्चाको जन्मदर्ता गराउने र पोषणका लागि सामग्री उपलब्ध गराउने लगायतका कार्य सुरु गरेको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, स्थानीय स्वास्थ्यकर्मी, वडा सचिव लगायतको टोलीले घरमै पुगेर अवस्था बुझ्ने गरिएको गाउँपालिका उपाध्यक्ष विनीता ढकालले बताए । टिमले प्रसूति भएका महिलालाई घरमै भेटेर कुखुराको भाले, चामल, पाँच सय रूपैयाँ नगद र बच्चालाई एक जोर कपडा लगायतका सामग्री समेत प्रदान गर्ने गरेको छ ।

 

‘गाउँपालिकाभित्र बसोबास गर्ने जुनसुकै महिला प्रसूति भएमा जनप्रतिनिधि सहितको टोली घरमै गएर प्रसूति स्याहारका लागि आवश्यक पर्ने सामग्री प्रदान गर्न थालेकाे अध्यक्ष गजेन्द्रबहादुर कार्कीले जनाए । गत माघ महिनाबाट गाउँपालिकाले सुरु गरेको यो अभियान निरन्तर चालू छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...