प्रदेश ३ को स्थायी राजधानी बहस : काभ्रे कि हेटौँडा ?



हाम्रो इकोनोमि

 

प्रदेश ३ को सरकार गठन भएको एक वर्ष पूरा भसक्यो । तर अहिलेसम्म स्थायी ठेगाना र नाम पाउन सकेको छैन् ।

अहिले हिउँदे अधिवेशन चलिरहेको छ । अधिवेशनमा प्रदेशको स्थायी केन्द्र कहाँ राख्ने भन्ने विषयले प्रवेश पाएको छ ।

प्रादेशिक संरचना अनुसार देशमै पहिलो पटक सरकार गठन भएको ३ नम्बर प्रदेशमा स्थायी राजधानी र नाम टुंगो लाग्न नसक्दा अन्योलता बढि नै रहेको छ ।

चालु अधिवेशनले नाम र स्थायी केन्द्र टुंगो लगाउने मूख्य मन्त्री डोरमणी पौडेलले नै आवश्वता पारेका छन् ।

यसअघि प्रदेश राजधानीका विषयमा अध्ययन गर्न गठित ससंदीय समितिले आफ्नो प्रतिवेदन बुझाई सकेको छ ।

हेटौँडा, काभ्रे, चितवन, नुवाकोट र भक्तपुर जिल्लाको अध्ययन गरेर समितिले प्रतिवेदन संसदसचिवालयमा बुझाइसकेको छ ।

अब यहि प्रतिवेदन उपर छलफल हुन्छ ।

प्रदेश सरकारको मन्त्री मण्डल देखि मूख्य निकायहरुमा समेत दाबी नगरेका काभ्रेली सासंदहरुले प्रदेश राजधानी आफ्नो एक मात्र एजेण्डा बनाएको देखिन्छ । तर सबै सासंदहरु बीच मत एकता भने देखिदैँन् ।

साथै छिमेकी जिल्लाका सासंदहरुलाई समेत विश्वासमा लिन नसकेको चर्चा काभ्रेमा चल्दै आएको छ ।

अघिल्लो अधिवेशनका बेला आफ्नो जिल्लामा प्रदेश राजधानी ल्याउन निकै सक्रिय देखिएका काभ्रेली सासंदहरु यो पटक उत्ति सक्रिय देखिदैनन् ।

संसदीय अध्ययन समितिले काभ्रेको आइटी पार्क प्रदेश राजधानीका लागि उपयुक्त हुने ठहर गरेको छ ।

तर पाँच जिल्लाको दाबी परेपछि मतदानबाट टुंगो लाग्ने काभ्रेका सासंद बसुन्धरा हुमागाईले बताए ।

काभ्रेबाट संघीय सरकारका सुचना तथा सञ्चार प्रविधि मन्त्री बनेका गोकुल बास्कोटाले आइटी पार्कमा सेक्यूरेटी प्रेस स्थापना गर्ने बताउँदैँ आएका छन् ।

काभ्रेको उपयुक्त भनेकै ठाउँमा सेक्यूरेटी प्रेस सञ्चालन ल्याउने तयारीले पनि हेटौँडालीहरुले मूख्य मुद्दा भएका छन् ।

काभ्रेमा अब उपयुक्त ठाउँ नै छैन् । अर्का प्रतिनिधि सभाका सासंद गंगा बहादुर दोङले भने यो विषयमा कुनै चासो दिएको पाइदैँन् ।

चुनावका हरेक सभा सम्मेलनमा राजधानी मूख्य विषय बनाएर भाषण गर्ने उनको बोली पछिल्लो समय फेरीको हो ।

राजधानीको नाम र केन्द्र टुंगो लगाउन संसदको दुई तिहार मत आवश्यक पर्छ । ७३ जना सदस्य पक्षमा रहेको स्थान नै प्रदेशको राजधानी हुनेछ ।

अहिले १०९ जना प्रदेश सासंद छन् । काभ्रेबाट प्रदेश सभामा ५ जना सासंदले प्रतिनिधित्व गरिरहेका छन् ।

काभ्रेली सासंदहरुले दाबी के गर्दै आइरहेका छन् भने प्रदेशको राजधानी काभ्रे नै हुनुपर्छ ।

उनीहरुले चुनाव ताका जनताको दैनिक एजेण्टासँगै काभ्रे जिल्लालाई प्रदेशको राजधानी बनाउने विषय मूख्य रुपमा उठाएका थिए ।

काभ्रेका अर्को सांसद लक्ष्मण लम्साल भन्छन् संविधानले दिएको अधिकार अनुसार निष्पक्ष निर्वाचन भए काभ्रे राजधानी पक्का छ ।

उनी थप्छन, तर अहिले संविधानमा भएका अधिकार नै प्रयोग गर्नबाट बञ्चित गराइएको छ ।

दोलखा, रामेछाप, सिन्धुली, काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्लाका सासंदहरु पनि काभ्रेकै पक्षमा देखिन्छ । तर उनीहरु खुलेर लागेको भने पाइदैँन् ।

काभ्रेबाटै प्रतिनित्व गर्ने सासंद रत्न ढकालले अधिकांश सांसद स्थायी राजधानी काभ्रे बनाउनेमा सहमत नै देखिन्छन् ।

काभ्रेली सासंदहरुले गर्दै आएको यो दाबी अबको करिब एक दुई हप्ताभित्रै देखिने छ । जनतासामू कबुल गरेको बाचा पूरा हुन्छ वा हुदैँन् ।

यसअघिका संसद अधिवेशनहरुले नै केन्द्र र नाम टुंग्याउने बताइएको थियो ।

तर नेतृत्वले ह्वीप नै जारी गरेर प्रदेशको स्थायी केन्द्र र नाम टुंग्याउन पटक पटक हप्तक्षेप गर्दै आइरहेका छन् ।

हेटौँडामा अहिले के हल्ला चलाइएको छ भने आवश्यक संरचना सबै भनिसके । यहाँबाट अन्य ठाउँमा लैजाँदा फेरी संरचना निर्माणमै समय र रकम खर्च हुन्छ । तर काभ्रेली सासंदहरु त्यो कुरा मान्न तयार छैनन् ।

उनीहरु भन्छन् नयाँ संरचना कुनै पनि निर्माण भएका छैनन् । यो एउटा हल्ला मात्रै हो ।

सासंद चन्द्र लामा भने सभामुखलाई दोष लगाएर आफु पञ्छिन खोज्छन् । उनले भने कुन प्रक्रिया र विधि अपनाउने भन्ने कुरा सभामुखमा भर पर्छ, त्यसैले के हुन्छ भन्न सकिदैन् ।’

निर्वाचन ताका प्रदेशको राजधानी काभ्रे ल्याउनु पर्छ भन्दै हिड्नेमा उनी पनि शीर्षस्थानमै पर्थे ।

प्रदेशमै काभ्रेबाट प्रतिनिधित्व गर्ने सासंद गोमा भूर्तेल भने काभ्रे राजधानी हुनेमा कुनै शंका नगर्न आग्रह गर्छिन् ।

उनको ठम्याई छ, बैशाखको आधा आधिमा प्रदेशको राजधानी काभ्रे भयो भनेर सुन्न पाइन्छ ।

यसरी काभ्रेबाट प्रतिनिधि र प्रदेश सभामा प्रतिनिधित्व गर्ने सासंदहरु बीच नै काभ्रेलाई राजधानी बनाउने विषयमा फरक फरक धारणा आइरहँदा अन्य ठाउँलाई फाइदा पुग्ने देखिन्छ ।

प्रदेश राजधानीले आम नागरिकसँग खासै सरोकार नराख्ने भएपनि आफ्नै ठाउँमा राख्नुपर्नेमा मूख्य मन्त्री डोरमणी पौडेलले पनि जुगाँको लडाई नै लडिरहेको देखिन्छ ।

प्रदेशको नाम बाग्मती राख्नेमा भने लगभग सबै सासंदहरुको एकमत देखिन्छ । ब्यक्ति विशेषलाई पाएक पर्ने ठाउँभन्दा पनि सबैलाई उचित हुने भोगोलमै प्रदेशको राजधानी राख्दा न्यायोचित हुन्छ ।

अनि प्रदेशको स्थायी केन्द्र र नामका विषयमा लामो समयसम्म अर्णियको बन्दी बनिरहुन उचित देखिदैँन् । प्रदेश ३ भन्दा पछि सरकार गठन भएका केहि प्रदेशले आफ्नो मुकाम र नाम टुंगो लगाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...