देउवा सिद्धाउने राजेन्द्र बजगाईंसँगको त्यो डिनर



हाम्रो इकोनोमि

 

अघिल्लो शनिबार नेपालका एकजना व्यापारी राजेन्द्र बजगाईंको जोडी बालुवाटारको रेष्टुरेण्टमा पस्यो । मोबाइलमा कुरा गर्दै आएका उनले रेष्टुरेण्टको नाम अर्का व्यक्तिलाई टिपाउँदै थिए ।

 

करिब दश मिनेटपछि उनी बसेको टेबुलमा पुग्यो अर्को जोडी– कांग्रेस नेता मीनेन्द्र रिजालको । जुस अर्डर भयो । जुस नसकिँदै रिजालले फोन दाबे र अर्का व्यक्तिलाई दिए ‘लोकेसन’ । त्यसलगत्तै आइपुगे महामन्त्री डा।सशांक कोइराला । त्यसपछि शुरु भयो ह्विस्कीसहितको खान्की । बजगाईं व्यापारिक पृष्ठभूमिका र महासमिति सदस्य हुन् । पछिल्लो समय विदेशमा व्यापार गरी नेपाललाई कर छल्नेको सूचीमा परेका ।

 

उक्त डिनरको उद्देश्य थियो देउवामाथि कारबाहीका लागि उजुरी डा। रिजालले देउवाविरुद्ध उजुरी हाल्न उक्साएको भए पनि बजगार्ईंले मानेका थिएनन् । उजुरी हाल्न रामचन्द्र पौडेल या शशांक कोइरालाले आड दिनुपर्ने उनको माग थियो । त्यसपछि त्यो अवसर जुटाइदिने जिम्मेवारी डा। रिजालले लिए र सो डिनरको आयोजना हुन पुग्यो, आजको जनआस्थामा साप्ताहिकमा समाचार छ ।

 

बजगाईंले दोस्रो संविधानसभामा पहिलो पार्टी रहेको कांग्रेस देउवाकै कारण यो हालतमा पुगेको भन्दै उनलाई कारबाही गर्न गत बिहीबार अनुशासन समितिमा उजुरी दर्ता गराएका छन् । उजुरी फिर्ता लिन नेपाल तरुण दलले धम्की पनि दियो ।

 

के–कसरी यो उजुरी आयो भन्ने विषयमा पार्टीभित्र निकै खोजी भयो, खुलेन । तर, उनले नै फोटो फेसबुकमा हालेपछि अन्ततः त्यसको भेद खुल्यो । क्यासिनो कारोबारीको रुपमा चिनिएका यी व्यापारी किन सभापतिकै विरुद्ध खनिए, पार्टी तथा भ्रातृ संगठनले यतिविधि दबाब दिँदा पनि उजुरी फिर्ता लिन किन मानेका छैनन् भन्नेबारेको खोजी भने बडो चाखलाग्दो छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...