विप्लवका केन्द्रीय सदस्य अनिल शर्माले दिए राजीनामा



हाम्रो इकोनोमि

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य अनिल शर्मा विरहीले प्रगतिशील लेखक संघबाट राजीनामा दिएका छन् ।

शर्माको राजीनामाले संघभित्र ठूलो विवाद देखिएको छ । संघभित्र विवाद भएपछि विप्लव नेतृत्वको नेकपाका धेरै साहित्यकारले राजीनामा दिएका छन् ।

शर्माभन्दा अगाडि संघबाट ३८ जना केन्द्रीय समितिका लेखक तथा कविहरूले बिद्रोह गरेका थिए । शर्मा प्रगतिशील लेखक संघमा सल्लाहकार थिए ।

प्रलेस सत्ताको दावेदारी गर्ने दलाल पूँजीवाद परस्त संगठनमा परिणत भएको भन्दै नेकपाका नेता शर्माले केन्द्रीय सल्लाहकार समितिबाट राजीनामा दिएका छन् ।

११औँ राष्ट्रिय सम्मेलनको संघारमा शर्माको राजीनामा आएको छ । प्रगतिशील लेखक संघ सामन्तवाद साम्राज्यवाद विरोधी संगठन भएपनि अहिले सत्तारुढ दल र केही अवसरछोपुवा लेखकहरूको भिडका रूपमा अघि बढाएको शर्माले आरोप लगाएका छन् ।

यसले संगठनात्मक क्षेत्रमा विचार–प्रतिबद्ध र संगठन–सम्बद्ध लेखक–प्रतिभाहरूको साझा मञ्चका रूपमा आफूलाई विकास गर्न नसकेको उनको भनाई छ ।

संघबाट राजीनामा दिँदै शर्माले भनेका छन्, ‘सामन्तवाद साम्राज्यवाद बिरोधी संघर्ष नेपालमा जारी छ, तर प्रलेसले त्यो भूमिका निर्वाह गर्न सकेन ।’

प्रलेसलाई तत्काल बदल्ने सम्भावना समेत नरहेको प्रष्ठ पार्दै शर्माले दलाल पूँजीवादको विरुद्ध आन्दोलन उठानको लागि प्रलेस केन्द्रीय सल्लाहकार समितिबाट राजीनामा दिएको बताए ।

प्रगतिशील लेखक संघ, नेपाल स्थापनाको साढे ६ दशक पूरा भइसकेको छ । नेपालका प्रगतिवादी तथा प्रगतिशील लेखकहरूको साझा मञ्चका रूपमा २०४४ सालमा पुनर्गठित भएपछि पनि यसले तीन दशकसम्म आफ्नो भूमिका निर्वाह गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...