अरुको विवाह हेर्दा मलाई पनि विवाह गर्न मन लाग्छ : नायिका सापकोटा



हाम्रो इकोनोमि

 

 

नेपाली कलाकारिता क्षेत्रमा नम्रता सापकोटा दर्शकका लागि अपरिचित नाम होईन । म्युजिक भिडियो हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री थोरै चलचित्रमा अभिनय गरेर पनि चर्चित हुन सफल छिन् । चलचित्र ‘अन्तराल’ उनको डेब्यु फिल्म हो । यो बाहेक ‘ब्रासलेट’, ‘छक्का पञ्जा’, ‘समर लभ’मा उनको दमदार अभिनय देख्न पाइन्छ । चलचित्र ‘न यता न उता’ भने प्रर्दशनको पालो कुरेर बसेको छ ।

 

थोरै चलचित्रमा अभिनय गरेपनि आफ्नो पात्र सम्झनलायक रहेको नम्रताको बुझाई रहेको छ । पहिलो चलचित्र देखि अहिलेसम्म निभाएका सबै पात्र उनका लागी उत्ति नै प्रिय छन् । कतै घुम्न जाँदा होस् या पारिवारिक भेटघाट, व्यक्तिहरुले आफु बनेको पात्रको नाम लिएर बोलाउँदा उनलाई छुट्टै आनन्द आउँछ ।

 

त्यतिबेला उनी सोच्छिन्, “थोरै गरेपनि राम्रो गरेको रहेछु ।” अब कस्तो चलचित्र खेल्न मन छ त भन्ने प्रश्नमा उनी भन्छिन्, “मलाई नेगेटिभ क्यारेक्टरमा अभिनय गर्न मन छ । जुन रिसाहा र बोल्ड होस् ।” पछिल्लो पटक प्रर्दशनमा आएको चलचित्र ‘समर लभ’ले उनलाई निकै चर्चामा ल्याएको थियो ।

 

नम्रता आफ्ना कुराहरु स्पष्ट राख्न सक्ने व्यक्तिमा पर्छिन् । उनलाई कतिपयले छुच्ची र घमण्डी पनि भन्छन् । चलचित्र प्रमोशनको क्रममा अन्र्तवार्तामा उपस्थित नहुने आरोप पनि उनलाई लागेको छ । यो कुरालाई खण्डन गर्दै नम्रता भन्छिन्, “कामको बेला कति दिन नखाइ पनि हिँडेको छु । यो सबै अफवाह मात्र हो ।”

 

साथीहरुसंग भेट्नु, पार्टिमा जानु, घुम्नु उनको शौख हो । उनी विदेश भ्रमण गर्न पनि अत्याधिक रुचाउँछिन् । जीवनप्रति अत्यन्तै सकारात्मक नम्रता अरु नयाँ कामहरुको तयारीमा छिन् । वर्ष २०७६ मा विवाह बन्धनमा बाँधिने योजना के छ त भनेर सोधिएको प्रश्नमा उनले भनिन्,“अहिले त नो चान्स ।” अरुको विवाह हेर्दा भने आफुलाई विवाह गर्न मन लाग्ने नम्रताले बताईन् ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...