क्यानडाको नक्कली भिसा र टिकट देखाएर डेढ करोड ठगी गर्ने दलाल फरार



हाम्रो इकोनोमि

 

क्यानडा पठाउने भनेर रकम लिई दलालले ठगी गरेको भन्दै सुनसरी र मोरङका ३० भन्दा बढीले श्रम कार्यालयमा उजुरी गरेका छन् । उजुरी गरेको लामो समय भइसक्दा पनि ठगी गर्नेहरु फरार नै रहेका छन् । मुख्य एजेण्टहरु निरञ्जन पुरी, गणेशप्रसाद गिरी, दीपेन्द्रकुमार झालगायतले स्थानीय युवाको सहयोगमा ३० भन्दा बढीसँग डेढ करोड रुपैयाँ भन्दा बढी रकम लिएका पीडितहरुको भनाइ छ ।

 

दलालबाट ठगिएपछि सुनसरीका ६ जना र मोरङका ७ जनाले श्रम कार्यालय विराटनगरमा छुट्टाछुट्टै उजरी गरेका छन् । सुनसरी रामधुनी नगरपालिकाका ६ युवाबाट ३७ लाख उठाएर दलाल फरार भएका छन् ।

 

ठगिनेहरुमा धर्मेन्द्र चौधरी, योगनारायण चौधरी, सुरज चौधरी, लिलेन्द्र चौधरी, कृष्णकुमार चौधरी र सन्तोष चौधरी छन् । नक्कली भिसा र टिकट देखाएर दलालले रकम लिएको पीडितहरु बताउँछन् ।

 

गत असारमा नै पठाउने भन्दै पाँच जनाबाट सात लाखका दरले ३५ लाख र कृष्ण चौधरीसँग २ लाख रुपैयाँ उठाएर भागेको पीडितहरुले बताएका छन् । रामधुनीका ६ जना युवाबाट राजन राजवंशी, किशोरकुमार ठाकुर, विनोदकुमार ठाकुरले रकम उठाएका हुन् ।

 

त्यही समूहले मोरङका सात जना युवाबाट प्रतिव्यक्ति ५ लाख रुपैयाँको दरले ३५ लाख लिएको श्रम कार्यालयमा उजुरी परेको छ । आफूहरु ठगिएको भन्दै मोरङ सुनवर्षी नगरपालिका ९ का हंशराज राजवंशी, कशंराज राजवंशी पंकज राजवंशी, अजय देवगत राजवंशी, प्रेमलाल राजवंशी, सुवासकुमार मण्डल र रंगेली नगरपालिका ५ का सुवासकुमार मण्डलले गत पुसमा श्रम कार्यालयमा निवेदन दिएका थिए ।

 

यो समूहले मोरङ र सुनसरीका ३० भन्दा बढी युवाबाट डेढ करोड रुपैयाँ उठाएको जानकारी आएको श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले बताए । ठगी गिरोहका निरञ्जनको स्थायी ठेगाना नेपालगञ्ज हो । तर उनी दिल्लीमा बस्दै आएका छन् । त्यस्तै गणेशप्रसाद गिरी र दीपेन्द्रकुमार झा झापाका हुन् ।

 

रंगेली र सुनसरी रामधुनीको घटना एउटै प्रकृतिको भएकाले मुख्य दलाल पनि एउटै रहेको प्रेमप्रसाद सञ्जेल बताउँछन् । ठगीमा संलग्नलाई पक्राउ गरी उपस्थित गराउन श्रम कार्यालयले प्रहरी कार्यालयहरुलाई पत्र लेखेको छ ।

 

सञ्जेलका अनुसार मोरङबाट परेको उजरी भने वैदेशिक रोजगार बिभाग पुगेको छ । सञ्जेलले ठगी गर्ने गिरी र पुरीलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय झापा र बाँकेको प्रशासन कार्यालयलाई समेत प्रत्रचार गरेको बताए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...