प्रधानमन्त्री ओलीको यो भनाईले विश्व चकित !



हाम्रो इकोनोमि

 

समयसमयमा आफ्नो बयानका कारण चर्चामा आउँने प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बयान दिनु भएको छ । प्रधानमन्त्री ओलीले दालभात तरकारीले औषधीको काम गर्ने बताउनु भएको हो ।

 

मंगलबार राजधानीमा आयोजित ६२ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले हामीले खाने सबै खाना औषधी भएकाले आधुनिकताका नाममा अन्न र फलफूललाई पागल बनाउन नहुने बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘पागल फलफूल अर्थात् आफ्नो उमेर बिर्सनु, साइज बढाउनु र हलक्क बढाउनु,’ प्रधानमन्त्रीले भने,‘हामीले पागल फलफूल बनाउनु हुँदैन । फर्सीजत्रो सुन्तला बनाउनु हुँदैन।’ उहाँले लसुन,बेसारलगायत कुरा औषधी भएको समेत्त उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘हामीले खाने सबै औषधी हो ।

 

दालभात तरकारी औषधी हो । यो खाए ट्याबलेट खानु पर्दैन ।’ उहाँले आधुनिकीकरणले बढी उत्पादन गर्ने धुनमा हामी तिनलाई पागल बनाउने भएका हुनाले बिरामी हुने पनि जनाउँनु भएको छ । प्रधानमन्त्री ओलीले दूध बिकेन भने कुराउनी बनाउनु पर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...