प्रधानमन्त्री ओलीको यो भनाईले विश्व चकित !



हाम्रो इकोनोमि

 

समयसमयमा आफ्नो बयानका कारण चर्चामा आउँने प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बयान दिनु भएको छ । प्रधानमन्त्री ओलीले दालभात तरकारीले औषधीको काम गर्ने बताउनु भएको हो ।

 

मंगलबार राजधानीमा आयोजित ६२ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले हामीले खाने सबै खाना औषधी भएकाले आधुनिकताका नाममा अन्न र फलफूललाई पागल बनाउन नहुने बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘पागल फलफूल अर्थात् आफ्नो उमेर बिर्सनु, साइज बढाउनु र हलक्क बढाउनु,’ प्रधानमन्त्रीले भने,‘हामीले पागल फलफूल बनाउनु हुँदैन । फर्सीजत्रो सुन्तला बनाउनु हुँदैन।’ उहाँले लसुन,बेसारलगायत कुरा औषधी भएको समेत्त उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘हामीले खाने सबै औषधी हो ।

 

दालभात तरकारी औषधी हो । यो खाए ट्याबलेट खानु पर्दैन ।’ उहाँले आधुनिकीकरणले बढी उत्पादन गर्ने धुनमा हामी तिनलाई पागल बनाउने भएका हुनाले बिरामी हुने पनि जनाउँनु भएको छ । प्रधानमन्त्री ओलीले दूध बिकेन भने कुराउनी बनाउनु पर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...