नव विवाहित दम्पती किन डराउछन् आफ्नो पार्टनरसँग ?



हाम्रो इकोनोमि

 

यसपाली विवाह बन्धनमा बाँधिनुभएको छ । तपाईं केही रोमाञ्चक पक्कै हुनुहुन्छ । किनभने हिजो तपाईं जुन ढंगले बाँचिरहनुभएको थियो, अहिले त्यस्तो छैन । हिजो एक्लो हुनुहन्थ्यो । मनमौजी जीवन बाँच्नुहुन्थ्यो । साथीभाई, आफन्त जहाँ गएपनि हुन्थ्यो । खान र बस्नमा बेपर्वाह हुनुहुन्थ्यो ।

तर, आज तपाईंको कोही साथी छन् । जीवनभर साथ रहने वाचा गर्दै बाँधिएका साथी । अबको सम्पूर्ण दिन तपाईंले उनै पाटनरसँग बिताउनुपर्नेछ । तपाईंको खुसीमा उनी पनि रमाउनेछन् । तपाईंको दुःखमा साथ दिनेछन् । सुख-दुःख सराबरी हुनेछ ।

यससँगै तपाईंका दायित्व पनि बढेका छन् । दाम्पत्य जीवनलाई कसरी सुखमय बनाउने ? अब यो कुरा तपाईंको लागि अहंम हुनेछ ।

विवाह गरेर मात्र हुँदैन । वैवाहिक जीवनलाई रसिलो र कसिलो बनाउनका लागि दुबैले उत्तिकै प्रयास गर्नुपर्छ । पार्टनरलाई कसरी खुसी बनाउने ? कसरी सुख दिने ? कसरी सन्तुष्ट तुल्याउने ? यसबारे सोच्नुपर्छ ।

त्यसो त दाम्पत्य जीवनको पूवार्द्धमा केही असमझदारी, केही भय पनि हुन्छ । आफ्नो दाम्पत्य जीवन कसरी गुजि्रने हो ? दाम्पत्य सम्बन्धमा खटपट पो आउने हो कि ? पार्टनरले आफ्नो बानीव्यवहार नरुचाउने पो हो कि ? यस्ता अनेकन आशंका पनि मनमा उठ्न सक्छ ।

गल्ती हुन्छ कि भन्ने भय

जसै दाम्पत्य जीवन सुरु हुन्छ, हरेक दम्पतीको मनमा एउटै प्रश्न उब्जन्छ कि, मैले जे गरिरहेको छु त्यो सही छ वा गलत ? मैले गरेको काम पार्टनरले चित्त बुझाएका छन् वा छै्रनन् ?

आफ्नो बोली, आफ्नो व्यवहार, आफ्नो शैली पार्टनरलाई मन परिरहेको छ ? आफ्नो स्वभाव वा प्रवृत्ति पार्टनरलाई कस्तो लागिरहेको छ ? यस्ता प्रश्नहरु मनमा आउँछन् ।

त्यती मात्र होइन, आफुले विवाह गरेर ठिक गरे वा गलत ? यस्तो प्रश्न पनि उब्जन्छ । आफुले विवाह गरेर गल्ती गरे कि ? भन्ने डर लाग्छ । किनभने विवाह भनेको जीवनभरको बन्धन हो । जब विवाह गरिन्छ, तब उनैसँग आफुले नयाँ परिवार रचना गर्नुपर्छ । नयाँ संसार बसाउनुपर्छ । यस्तो अवस्थामा विवाह एक संवेदनसिल कुरा हो भन्ने महसुष हुन्छ ।

हतार गरे कि ?

जब विवाह गरिन्छ तब हठात् एउटा प्रश्नले मनमा भय पैदा गर्छ । मैले विवाह गर्ने निर्णय अलि हतारमा पो गरे कि ? के मैले सही उमेरमा विवाह गरे ? यसका लागि मैले केही समय पो सोच्नुपर्ने थियो कि ?

एउटा विश्वप्रशिद्ध भनाई छ, हतारमा विवाह गर्छन् र फुर्सदमा पछुताउँछन् । वास्तवमा विवाह एक अप्रत्यासित घटना नै हो । तर, जब विवाह गरिन्छ, त्यसले आफ्नो सम्पूर्ण जीवनमै खास प्रभाव पार्छ ।

सही साथी छनौट गरिएन कि ?

अहिले मागेर वा भागेर दुवै किसिमले विवाह गरिन्छ । आमाबुवा वा आफन्तको रोजाई अनुसार कुनै केटा/केटीलाई आफ्नो जीवनसाथी बनाउने निर्णय गरिन्छ । त्यसैगरी प्रेम सम्बन्ध राखेर आफ्नै मर्जी अनुसार पनि जीवनसाथी छनौट गरिन्छ ।

यसरी विवाह गर्नुअघिसम्म खास भय रहँदैन । तर, विवाह गरिसकेपछिको अवस्थामा आफ्नो पार्टनरप्रति केही आशंका पैदा हुनसक्छ । आफ्नो पार्टनर कस्ता हुन् ? पार्टनरको आनीबानी कस्तो थियो ? पार्टनरसँग आफ्नो कुरा नमिल्ने पो हो कि ? यस्ता अनेकन प्रश्नहरुले मनमा भय पैदा गर्छ ।

साथीले सम्बन्ध तोड्ने भय

विवाह गरेपछि कति दम्पतीले आफ्नो सम्बन्ध तोड्छन् । यद्यपी सम्बन्ध तोड्ने कुरा त्यती सहज होइन । कतिपयलाई के भय रहन्छ भने विवाह गरिसकेपछिको अवस्थामा पार्टरनले चित्त नबुझाउने पो हुन् कि ? सम्बन्ध विच्छेद पो गर्ने हुन् कि ?

यस्तो भय त्यही व्यक्तिको मनमा हुन्छ जसमा आत्मसम्मान र आत्मविश्वासको कमी हुन्छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...