पूर्वराजा ज्ञानेन्द्र शाहलाई रातो कार्पेट ओछ्याएर स्वागत



हाम्रो इकोनोमि

 

 

पाँचथरका सर्वसाधारणले पूर्वराजा ज्ञानेन्द्र शाहलाई रातो कार्पेट ओछ्याएर स्वागत गरेका छन् । मंगलबार पाँचथर पुगेका पूर्वराजाले त्यहाँका धार्मिकस्थलको भ्रमण गर्नुका साथै नागरिकसँग संवाद गरेका थिए । मधेसको भ्रमण सकी झापामा रहेका उनी पूर्वी पहाडमा उक्लिएका थिए ।

पूर्वराजाको भ्रमणको सुरक्षालगायतमा सहजीकरण गरिरहेको शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतका अनुसार पूर्वराजाको सवारी हेर्नका लागि सर्वसाधारणको सदरमुकाममा घुइँचो लागेको थियो ।

डेढ महिना भन्दा बढी समयदेखि उपत्यका छाडी पूर्वराजा पूर्वका विभिन्न जिल्लाको भ्रमणमा छन् । यसअघि उनी बारा, जनकपुर, धनुषा, सप्तरी र उदयपुरको भ्रमण सकी सुनसरी पुगेका थिए । परिवारसहित सिक्किम जाने बताइरहेका बेला उनी पाँचथर पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...