पूर्वराजा ज्ञानेन्द्र शाहलाई रातो कार्पेट ओछ्याएर स्वागत



हाम्रो इकोनोमि

 

 

पाँचथरका सर्वसाधारणले पूर्वराजा ज्ञानेन्द्र शाहलाई रातो कार्पेट ओछ्याएर स्वागत गरेका छन् । मंगलबार पाँचथर पुगेका पूर्वराजाले त्यहाँका धार्मिकस्थलको भ्रमण गर्नुका साथै नागरिकसँग संवाद गरेका थिए । मधेसको भ्रमण सकी झापामा रहेका उनी पूर्वी पहाडमा उक्लिएका थिए ।

पूर्वराजाको भ्रमणको सुरक्षालगायतमा सहजीकरण गरिरहेको शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतका अनुसार पूर्वराजाको सवारी हेर्नका लागि सर्वसाधारणको सदरमुकाममा घुइँचो लागेको थियो ।

डेढ महिना भन्दा बढी समयदेखि उपत्यका छाडी पूर्वराजा पूर्वका विभिन्न जिल्लाको भ्रमणमा छन् । यसअघि उनी बारा, जनकपुर, धनुषा, सप्तरी र उदयपुरको भ्रमण सकी सुनसरी पुगेका थिए । परिवारसहित सिक्किम जाने बताइरहेका बेला उनी पाँचथर पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...