म्याच फिक्सिङ भएको भन्दै सन्दीप लामिछानेलाई फसाउन खोजियो…



हाम्रो इकोनोमि

 

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले गरेको बलिङमा फिक्सिङ भएको आरोपलाई खण्डन गर्दे भारतीय क्रिकेट बोर्ड बिसिसिआईले भ्रम फैल्याउन खोजेको बताएको छ ।

दिल्ली क्यापिटलबाट खेलिरहेका स्पिनर लामिछानेले गरेको बलिङमा फिक्सिङ भएको आरोप लागेपछि बिसिसिआईले भ्रम फैल्याउन खोजेको दावी गरेको हो ।

भारतका युवा विकेटकिपर रिशव पन्तले जारी आइपिएल अन्तर्गत आइतबार कोलकत्ता नाइटराडर्सविरुद्धको  खेलका दौरान माइक्रोफोनमा बोलेको अडियो भाइरल बनेको थियो ।

दिल्ली क्यापिटल्सका विकेटकिपर पन्तले चौथो ओभरमा सन्दिपले बलीङ गरेको समयमा अडियो क्लिप सम्पादन गरेर भिडियो पोष्ट गरेका थिए ।

खेलको चौथो ओभरमा पन्तले सन्दिपले बलिङ गरिरहेको समयमा यो त चौका हो भनेका थिए ।

लगत्तैको बलमा सन्दीपले कोलकत्ताका ब्याट्सम्यान रोबिन उपथ्याले चौका हिर्काएका थिए ।

अडियो हटस्टारबाट लिइएको आशंका:

अडियो हटस्टारबाट लिइएको आशंका गरिएको छ । हटस्टार आइपिएलको अफिसियल डिजिटल पार्टनर हो ।

जहाँबाट क्लिप लिएर केही सम्पादन गरि भिडियो बनाइएको बिसिसिआइले बताएको छ ।

भ्रम फैल्याउने काम:

यो सारै दुर्भाग्य हो कि सामाजिक संज्जालमा अपुर्ण भिडियो राखेर भ्रम फैल्याउने काम भइरहेको छ, बिसिसिआइले भनेको छ ।

युवा क्रिकेटरको छवि बिगार्ने उदेश्यका साथ भिडियो काटेर राख्नु दुर्भाग्य हो ।

तर रिशव पन्तले माइक्रोफोनमा बोलेको कुरा भइरल भएको यो पहिलो पटक भने होइन ।

उनले यसअघि पनि यसरी नै भिडियो अपलोड गरेर विपक्षी ब्याट्सम्यानलाई लक्षित गरेर बोलेको भिडियो भाइरल बनेको थियो ।

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...