युवाहरुले यसकारण रोज्छन् विवाहित युवती



हाम्रो इकोनोमि

 

आफूभन्दा धेरै उमेरका महिलालाई भर्खरका युवाहरुले मन पराउँछन् भन्ने कुरा सुन्दा अलि अचम्मको र अमिल्दो लाग्न सक्छ तर, यो सत्य हो ।हालसालै गरिएको एक अध्ययनले पनि यस कुरालाई पुष्टी गरेको छ । धेरै अविवाहित युवकहरु आफ्नो चिनजानका विवाहित महिलाप्रति मोहित हुने गर्छन् ।

 

उक्त अध्ययनमा आखिर किन अविवाहित पुरुषहरुले विवाहित महिलाहरुलाई अविवाहित युवतीहरुलाई भन्दा धेरै मन पराउँछन् भनेर उत्तर खोज्ने प्रयास गरिएको थियो । अध्ययनका अनुसार अविवाहित युवाहरुले विवाहित महिलासँग डेट गर्न चाहनुका निम्न ५ कारणहरु रहेका छन्ः

 

१ आत्मविश्वास

अविवाहित महिलाहरुको तुलनामा विवाहित महिलाहरुमा आत्मविश्वास धेरै हुने गर्छ । उनीहरुको यो खुबीको कारणले भर्खरका युवाहरुलाई उनीहरुतर्फ खिच्छ । उनीहरुलाई महिलाहरुले आफूलाई कुनै पनि समस्याबाट बाहिर निकाल्न सक्छन् भन्ने लाग्छ ।

 

२ केयरिङ स्वभाव

विवाहित महिलाहरु धेरै नै केयरिङ स्वभावका हुन्छन् । उनीहरु दिनभर आफ्नो परिवारको अघिपछि घुमिरहन्छन् । उनीहरुलाई परिवारको सदस्यहरुको खानपान र स्वास्थको बारेमा हरबखत चिन्ता हुन्छ । तर, सिंगल वा अविवाहित युवतीहरुलाई कसैको पनि परवाह हुँदैन त्यसैले पनि विवाहित महिलाको केयरिङ स्वभावलाई अविवाहित पुरुषहरुले मन पराउँछन् ।

 

३ शालीन स्वभाव

विवाहित महिलाहरु अफिस र घरको काम धेरै राम्रो तरिकाले व्यवस्थापन गर्छन् । दिनभर काम गर्दा पनि उनीहरुको अनुहारमा मुस्कान देख्न सकिन्छ । उनीहरु हत्तपत्त कुनै कुरामा आफ्नो असन्तुष्टि वा रिस प्रकट गर्दैनन् र यस्तो बानी युवाहरुलाई मन पर्छ ।

 

४ हर्मोनमा आउँछ परिवर्तन

विवाहपछि महिलाहरुको हार्मोनमा कैयौं परिवर्तन आउँछन् । यी परिवर्तनको कारण उनीहरु पहिला भन्दा धेरै आकर्षक र स्मार्ट देखिन्छन् । यसको साथै उनीहरुको अनुहारमा चमक पनि आउन थाल्छ जसले अविवाहित युवाहरुलाई आफूतिर आकषिर्त गर्छ ।

 

५ कामको मात्रै कुरा गर्ने बानी

विवाहित महिलाहरु कामको मात्रै कुरा गर्छन् र जिम्मेवारीको कारण व्यवहारिक हुन्छन् । आफ्नो काम भन्दाबाहेक अरु कुरामा ध्यान दिने उनीहरुलाई फुर्सद पनि हुँदैन । तर, अविवाहित युवतीहरु कैयौं घण्टासम्म बिना मतलब फोनमा झुण्डिरहन्छन् । विवाहित महिलाहरुको कामको बारेमा मात्रै सोच्ने बानी युवाहरुलाई धेरै राम्रो लाग्छ ।

प्रतिक्रिया दिनुहोस
नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन

    नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग आजदेखि औपचारिक सञ्चालनमा आएको छ । पूर्वाधार विकासमन्त्री,...

यो अन्तिम भोज नै त हैन होला : गोकुल बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का दुई...

एक वर्षमा भित्रिए १२ लाख पर्यटक

    आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी...

एक बर्षमा १७ खर्ब ८१ अर्ब वैदेशिक व्यापार घाटा

    गत आर्थिक वर्ष २०८२/८३ मा २४ खर्ब भन्दा बढीको वैदेशिक व्यापार...