हावाहुरी प्रभावित क्षेत्रमा कांग्रेसले खटायो बिमलेन्द्र निधि, सांसदहरुले दुई दिनको तलव दिने निर्णय



हाम्रो इकोनोमि

 

बारा र पर्साका हावाहुरी प्रभाबितलाई सहयोग गर्न नेपाली कांग्रेसले नेता बिमलेन्द्र निधिलाई फिल्डमा खटाएको छ । मधेसमुलका नेता निधिसँगै नेपाली कांग्रेसले नेता कार्यकर्तालाई उद्धार र सहयोगमा जुट्न निर्देशन पनि दिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सवै तहका नेता कायकर्तालाई रक्तदानदेखि श्रमदानसम्म पीडितलाई दिन निर्देशन दिएका छन् ।

 

उता कांग्रेस संसदीय दलले हावा प्रभावितको सहयोग र पुर्नस्थापनाका लागि सवै सांसदको दुई दिनको तलव दिने निर्णय गरेको छ । संघिय संसदले दुई दिनको तलव दिने निर्णय भएको प्रमुख सचेतक बालकृष्ण खाँडले बताए ।

 

प्रमुख सत्तारुढ दलका सांसदहरुले एक दिनको तलव दिने निर्णय गरेलगतै कांग्रेसले दुईदिनको तलव दिने निर्णय गरेको छ । पीडितहरुलाई सहयोग र पुर्नस्थापना गर्न दलहरुबीच सकारात्मक होडबाजी चलेको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...