हावाहुरी प्रभावित क्षेत्रमा कांग्रेसले खटायो बिमलेन्द्र निधि, सांसदहरुले दुई दिनको तलव दिने निर्णय



हाम्रो इकोनोमि

 

बारा र पर्साका हावाहुरी प्रभाबितलाई सहयोग गर्न नेपाली कांग्रेसले नेता बिमलेन्द्र निधिलाई फिल्डमा खटाएको छ । मधेसमुलका नेता निधिसँगै नेपाली कांग्रेसले नेता कार्यकर्तालाई उद्धार र सहयोगमा जुट्न निर्देशन पनि दिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सवै तहका नेता कायकर्तालाई रक्तदानदेखि श्रमदानसम्म पीडितलाई दिन निर्देशन दिएका छन् ।

 

उता कांग्रेस संसदीय दलले हावा प्रभावितको सहयोग र पुर्नस्थापनाका लागि सवै सांसदको दुई दिनको तलव दिने निर्णय गरेको छ । संघिय संसदले दुई दिनको तलव दिने निर्णय भएको प्रमुख सचेतक बालकृष्ण खाँडले बताए ।

 

प्रमुख सत्तारुढ दलका सांसदहरुले एक दिनको तलव दिने निर्णय गरेलगतै कांग्रेसले दुईदिनको तलव दिने निर्णय गरेको छ । पीडितहरुलाई सहयोग र पुर्नस्थापना गर्न दलहरुबीच सकारात्मक होडबाजी चलेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...