आफ्ना सम्पुर्ण कार्यक्रम छोडेर जनताको घाउमा मलम लगाउँन औषधि लिएर पुगे प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

हिजो अचानक आएको हावाहुरीको कारण बार र पर्साको अवस्था निकै नाजुक बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओली हावाहुरीबाट प्रभावितहरुलाइ भेट्न बारा पुग्नुभएको छ । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री राम बहादुर थापा सहित प्रधानमन्त्री ओली बारा पुग्नुभएको हो ।

 

प्रधानमन्त्रीले बाराको कलैया अस्पतालमा उपचाररत घाईतेहरुलाइ भेटि उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री प्रधानमन्त्री भद्रपुरबाट सिमरा विमानस्थल हुँदै कलैया पुग्नुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । प्रधानमन्त्रीले राहत र उद्दारमा कुनै समस्या हुन नदिन निर्देशन पनि दिनु भएको छ ।

 

प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाको जानकारी दिनुभएको छ । यस्तै, नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसदले एक दिनको तलब प्रभावित क्षेत्रको राहतका लागि उपलब्ध गराउने भएका छन् । प्रधानमन्त्री ओलीले नै यो जानकारी गराउनुभएको हो ।

 

नेकपा संसदीय दलका नेता समेत रहनुभएका प्रधानमन्त्री ओलीले राहत र उद्दारमा खटिन पार्टीका नेता कार्यकर्तालाई अपिल समेत गर्नुभएको छ । यता सत्तारुढ पार्टी संगठनले पनि डाक्टर सहित प्रभावित क्षेत्रमा जाने जनाएको छ । अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी)को सोमबार बसेको संयुक्त बैठकले दुवै संगठनका अध्यक्षद्वय नविना लामा र रञ्जित तामाङ नेतृत्वको टोली बारा र पर्सामा परिचालित हुने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...