आफ्ना सम्पुर्ण कार्यक्रम छोडेर जनताको घाउमा मलम लगाउँन औषधि लिएर पुगे प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

हिजो अचानक आएको हावाहुरीको कारण बार र पर्साको अवस्था निकै नाजुक बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओली हावाहुरीबाट प्रभावितहरुलाइ भेट्न बारा पुग्नुभएको छ । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री राम बहादुर थापा सहित प्रधानमन्त्री ओली बारा पुग्नुभएको हो ।

 

प्रधानमन्त्रीले बाराको कलैया अस्पतालमा उपचाररत घाईतेहरुलाइ भेटि उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री प्रधानमन्त्री भद्रपुरबाट सिमरा विमानस्थल हुँदै कलैया पुग्नुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । प्रधानमन्त्रीले राहत र उद्दारमा कुनै समस्या हुन नदिन निर्देशन पनि दिनु भएको छ ।

 

प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाको जानकारी दिनुभएको छ । यस्तै, नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसदले एक दिनको तलब प्रभावित क्षेत्रको राहतका लागि उपलब्ध गराउने भएका छन् । प्रधानमन्त्री ओलीले नै यो जानकारी गराउनुभएको हो ।

 

नेकपा संसदीय दलका नेता समेत रहनुभएका प्रधानमन्त्री ओलीले राहत र उद्दारमा खटिन पार्टीका नेता कार्यकर्तालाई अपिल समेत गर्नुभएको छ । यता सत्तारुढ पार्टी संगठनले पनि डाक्टर सहित प्रभावित क्षेत्रमा जाने जनाएको छ । अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी)को सोमबार बसेको संयुक्त बैठकले दुवै संगठनका अध्यक्षद्वय नविना लामा र रञ्जित तामाङ नेतृत्वको टोली बारा र पर्सामा परिचालित हुने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...