प्रधानमन्त्रीलाई मुख्यमन्त्रीले भने हेलिकोप्टरमा उडेरमात्र हुँदैन, पाल खसाइदिनोस्



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले हवाइ निरीक्षण मात्र गरेपछि हावाहुरी प्रभावित फेटा गाउँपालिकाका स्थानीयबासीले असन्तुष्टि जनाएका छन् । आइतबार राति वर्षासँगै आएको हावाहुरीले बाराको फेटा गाउँपालिका नराम्ररी प्रभावित भएको छ ।

 

सबैभन्दा धेरै धनजनको क्षति भएको फेटामा प्रधानमन्त्री ओलीसहितको टोली जाने भनिएको थियो । तर, गृहजिल्ला झापाबाट नेपाली सेनाको हेलिकोप्टरमा बारा पुगेका प्रधानमन्त्री ओलीले प्रभावित क्षेत्रको हवाइ निरीक्षण गरेका छन् ।

 

यसप्रति स्थानीयले असन्तुष्टि जनाएका छन् । प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास जितेन्द्र सोनललगायतका मन्त्रीहरु भने विहानैदेखि फेटामा छन् ।

 

मन्त्री सोनलले हेलिकोप्टर चढेर राहत नहुने भन्दै पाल, ब्लांकेटलगायत आवश्यक सामग्री  पठाउन माग गरेका छन् । ‘हेलिकोप्टरमा उडेर राहत हुँदैन’ उनले भने, ‘ यहाँ मान्छेलाई पाल छैन, स्रोत साधन छैन । पाल खसालिदिनु पर्‍यो नि मान्छेलाई ।’

 

उनले अघि भने, हामी यहाँ जिरो ग्राउण्डमा छौं । उहाँहरुलाई मैले देखेको पनि छैन । केन्द्रीय सरकारसँग आग्रह छ, प्रधानमन्त्रीजीसँग आग्रह छ, कृपया पाल पठाउनु पहिले । राति सुत्नलाई पाल छैन । कमसेकम ५ हजार परिवारलाई पाल चाहिन्छ ।’

 

हावाहुरी प्रभावितलाई खानेकुराको व्यवस्था स्थानीय सरकारसँग मिलेर प्रदेश सरकारले गर्ने भन्दै उनले राति सुत्नलाई पाल पठाउन केन्द्र सरकारलाई आग्रह गरेका हुन् ।

 

प्रधानमन्त्रीद्वारा बाराको फेटा गाउँपालिकाको हवाइ निरीक्षण

 

प्रधानमन्त्री केपी शर्मा ओलीले हवाहुरी प्रभावित बाराको फेटा गाउँपालिकाको हवाइ निरीक्षण गरेका छन् ।  झापाबाट बारा आइपुगेका प्रधानमन्त्री ओलीले सोमबार दिउँसो हावाहुरीबाट सबैभन्दा बढी प्रभावित फेटाको हेलिकोप्टरबाट निरीक्षण गरेका हुन् ।

प्रधानमन्त्री चढेको हेलिकोप्टर घटनास्थलको निरीक्षणपछि कलैयास्थित सेनाको क्याम्पमा अवतरण भयो । त्यहाँ प्रधानमन्त्रीले हावाहुरीबाट भएको क्षति, उद्धार तथा राहतमा भइरहेको प्रयासबारे ‘ब्रिफिङ’ लिएका छन् ।

 

आइतबार विभिन्न कार्यक्रममा भाग लिन गृहजिल्ला मोरङ र झापा पुगेका प्रधानमन्त्री ओली तथा गृहमन्त्री रामबहादुर थापा बादल नेपाली सेनाको हेलिकोप्टरबाट सोमबार बारामा ओर्लिएका हुन् ।

 

प्रधानमन्त्रीसँगै घटनास्थलमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र गृहमन्त्री रामबहादुर थापा बादल पनि छन् । साथै कलैयामा प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई र  तीनवटै सुरक्षा निकायका प्रमुखहरु सहभागी छन् ।

घटनाको निरीक्षण र ‘ब्रिफिङ’पछि प्रधानमन्त्रीसहितको उच्चस्तरीय टोलीले कलैया अस्पतालमा रहेका बिरामीलाई भेट्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले  बताए ।

प्रतिक्रिया दिनुहोस
सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...

रवि र बालेनले उद्घाटन समारोहमा सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी...

लुम्बिनीमा पनि उठ्यो एमाले नेतृत्व पुनर्गठनको माग

    नेतृत्व पुनर्गठनको माग लुम्बिनीमा जोडतोडले उठेको छ । आम निर्वाचनमा पार्टी...

कक्षा १२ को नतिजा प्रकाशन

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ ।...