डाक्टर सहित विद्यार्थी नेताहरु हावाहुरी प्रभावित जिल्लामा…



हाम्रो इकोनोमि

 

प्रदेश नम्बर २ सरकारले हावाहुरीबाट प्रभावित परिवारलाई राहात दिने जनाएको छ । प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले मृतक परिवारलाई तीन लाख दिने र घाइतेहरुको निःशुल्क उपचार गर्ने जनाउँनु भएको छ । यो सँगै विभिन्न क्षेत्रबाट सहयोग आउँन थालेको छ ।

 

यस्तै, सत्तारुढ नेकपाका विद्यार्थीहरु डाक्टर र स्वास्थ्यकर्मीसहित आँधी प्रभावित बारा र पर्सा जिल्लामा परिचालित हुने जनाएका छन् । अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी)को सोमबार बसेको संयुक्त बैठकले दुवै संगठनका अध्यक्षद्वय नविना लामा र रञ्जित तामाङ नेतृत्वको टोली बारा र पर्सामा परिचालित हुने निर्णय गरेको छ ।

 

विज्ञप्तिमा, ‘यस विस्मयकारी घटनाको सन्दर्भमा आजै अनेरास्ववियु अध्यक्ष नविना लामा र अनेरास्ववियू (क्रान्तिकारी) का रञ्जित तामाङको नेतृत्वमा डाक्टरहरु सहितको स्वास्थ्य टोली लाने निर्णय गरियो । साथै दुवै अध्यक्षको नेतृत्वमा दुई नं।प्रदेश र आसपासका दुवै संगठनको सिङ्गो कार्यकर्ता पंक्ति राहत र उद्धारमा परिचालन गर्ने निर्णय गरियो ।’ भनिएको छ ।

 

आँधीमा ज्यान गुमाउनेहरुका परिवारलाई जनही १० लाख राहत तथा परिपुरण रकम उपलब्ध गराउन पनि दुवै संगठनले सरकार समक्ष माग गरेका छन् । साथै घाइतेको निःशुल्क उपचार र घरबास पुनःस्थापनाका लागि तत्काल कदम चाल्न सम्बन्धित पक्षसँग अपिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन

    नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग आजदेखि औपचारिक सञ्चालनमा आएको छ । पूर्वाधार विकासमन्त्री,...

यो अन्तिम भोज नै त हैन होला : गोकुल बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का दुई...

एक वर्षमा भित्रिए १२ लाख पर्यटक

    आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी...

एक बर्षमा १७ खर्ब ८१ अर्ब वैदेशिक व्यापार घाटा

    गत आर्थिक वर्ष २०८२/८३ मा २४ खर्ब भन्दा बढीको वैदेशिक व्यापार...