अचानक भएको आक्रमणमा १५ जना मारिए !



हाम्रो इकोनोमि

 

सैन्य आक्रमणमा परेर १५ जनाको ज्यान गएको छ । अफगानिस्तानको पूर्वी प्रान्त नानगाहरको खोगीआनी जिल्लामा आइतबार इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहको विरुद्ध सुरक्षाफौजले जारी राखेको कारबाहीको क्रममा कम्तीमा १५ आइएस लडाकू मारिएका छन् ।

 

यस कारबाहीको क्रममा अन्य १० लाडाकू घाइते भएको प्रान्तीय प्रवक्ता अत्ताउल्लाह खोगाीआनीले सोमबार जानकारी दिनुभएको छ । खोगीआनी जिल्लाको जेरोताङगी क्षेत्रमा गरिएको सुरक्षा कारबाहीको क्रममा अरु कैयौं घरहरु ध्वस्त भएको बताइएको छ ।

 

आइएस लडाकू लक्षित यस कारबाहीको क्रममा सुरक्षा अधिकारी र सर्वसाधारणलाई भने कुनै हानि नभएको अधिकारीहरुले दाबी गरेका छन् । आइएस लडाकू लक्षित आतङ्ककारी समूहले भने यस कारबाहीका बारेमा कुनै टिप्पणी गरेका छैनन् । सिन्हवा

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...