विप्लव समूहका दुई विद्यार्थी नेता पक्राउ



हाम्रो इकोनोमि

 

कास्की प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ को नेकपा समूह निकट २ विद्यार्थीलाई सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्रान्तिकारी विद्यार्थी संगठनका पिएन क्याम्पस संयोजक प्रकाश बास्तोला र विद्यार्थी नेता उज्वल पुन छन् ।

 

विद्यार्थी संगठनले पृथ्वीनारायण क्याम्पसमा सरकारले गरेको प्रतिबन्ध र पार्टीका नेता तथा कार्यकर्ता पक्राउको विरोध प्रदर्शन गरेका थिए ।प्रहरीले प्रदर्शनस्थलमा भिडियो खिच्न पुगेका नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान उपाध्यक्ष राजेन्द्र अधिकारीलाई समेत नियन्त्रणमा लिएको थियो । तर उनलाई केही समयपछि रिहा गरेको एसपी ओम रानाले जानकारी दिए ।

 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सरकारले ‘विप्लव’ समूहमा प्रतिबन्ध लगाइसकेपछि उनीहरुको गतिविधिमा रोक लगाउन कास्की प्रहरीले प्रदेश र जिल्ला समूहका कार्यकर्तालाई नियन्त्रणमा लिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...