विप्लव समूहका दुई विद्यार्थी नेता पक्राउ



हाम्रो इकोनोमि

 

कास्की प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ को नेकपा समूह निकट २ विद्यार्थीलाई सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्रान्तिकारी विद्यार्थी संगठनका पिएन क्याम्पस संयोजक प्रकाश बास्तोला र विद्यार्थी नेता उज्वल पुन छन् ।

 

विद्यार्थी संगठनले पृथ्वीनारायण क्याम्पसमा सरकारले गरेको प्रतिबन्ध र पार्टीका नेता तथा कार्यकर्ता पक्राउको विरोध प्रदर्शन गरेका थिए ।प्रहरीले प्रदर्शनस्थलमा भिडियो खिच्न पुगेका नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान उपाध्यक्ष राजेन्द्र अधिकारीलाई समेत नियन्त्रणमा लिएको थियो । तर उनलाई केही समयपछि रिहा गरेको एसपी ओम रानाले जानकारी दिए ।

 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सरकारले ‘विप्लव’ समूहमा प्रतिबन्ध लगाइसकेपछि उनीहरुको गतिविधिमा रोक लगाउन कास्की प्रहरीले प्रदेश र जिल्ला समूहका कार्यकर्तालाई नियन्त्रणमा लिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...