हावाहुरी प्रभावितलाई सांसदको एक दिनको तलब दिने सांसद योगेश भट्टराईको प्रस्ताव



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेर नेकपा सांसद योगेश भट्टराईले बारा पर्साका हावाहुरी प्रभावितलाई एक दिनको तलब सहयोग गर्ने प्रस्ताव राखेका छन् । भट्टराईले संसदीय दलका उपनेता सुवास नेम्बाङलाई भेटेर पार्टीका सांसदहरुले सहयोग गर्ने प्रस्ताव राखेका हुन् ।

 

बारा र पर्साका पीडितहरुको सहयोगका लागि 

हिजो साँझ आएको बिनाशकारी हावा हुरीका कारण बारा र पर्सा जिल्लामा ठूलो जन/ धनको क्षती भएको छ । आज पार्टीका संसदीय दलका उपनेता माननीय शुवास नेम्बाङलाई भेटी पीडित दीदिबहिनी तथा दाजुभाईहरुको राहात तथा पुनर्स्थापनाका लागि नेकपाको संघीय सम्सदको संसदीयदलका सबै माननीय सदस्यहरुको एक दिनको पारिश्रमिक रकम सहयोग पठाउन प्रस्तव गरेको छु ।

उपनेता नेम्बाङले यो प्रस्ताबको समर्थन गर्दै दलका नेता तथा सम्माननीय प्रम केपी ओलिसँग सल्लाहा गरी निर्णय गर्ने बताउनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...