प्रधानमन्त्री र मुख्यमन्त्रीवीच वार्ता, राष्ट्रिय शोक घोषणा गर्न माग



हाम्रो इकोनोमि

 

प्रदेश २ सरकारले प्रदेशको बारा र पर्सामा भीषण हावाहुरीका कारण ठूलो जनधानको क्षति भएको भन्दै संघीय सरकारलाई राष्ट्रिय शोकको घोषणा गर्न आग्रह गरेको छ ।

 

प्रदेशका मुख्यमन्त्री र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको टेलिफोन कुराकानीका क्रममा मुख्यमन्त्री राउतले राष्ट्रिय शोकको घोषणा गर्न आग्रह गरेका हुन् ।

 

‘मुख्यमन्त्रीज्यूले प्रधानमन्त्रीज्यूलाई यस्तो आग्रह गर्नुभएको छ’ प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र साहले भने, ‘अब संघीय सरकारले के गर्छ, हेरौं ।’

 

प्रदेशमा आफूहरुले नै शोक घोषणा गर्न लागे पनि यत्रो क्षतिले राष्ट्र नै शोकमा पुगेकाले संघीय सरकारलाई यस्तो आग्रह गरिएको मन्त्री साहले बताए ।

 

मन्त्री साहका अनुसार सोमबार बिहानको प्रदेश सरकारको बैठकममै यो प्रस्ताव आए पनि आफूहरुले यस सम्बन्धमा कुनै निर्णय नगरी प्रधानमन्त्रीलाई आग्रह गरिएको हो ।

 

बिहान बसेको प्रदेश सरकारको बैठकले मृतकका परिवारलाई रु ३ लाखका दरले क्षतिपूर्ति दिने र घाइतको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

 

न रह्यो घर, न रह्यो अन्नपात

 

आइतवार साँझ बारा र पर्सामा आँधी–हुरीले ताण्डव मच्चाएको छ । हुरीले हालसम्म ३१ को ज्यान गइसकेको छ भने ६ सयभन्दा बढी घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

हुरीले अधिकांश घरका छाना उडाइदिएको छ । घरको छाना र कतिपय घरै भत्किएका कारण भण्डारण गरिएको अन्न पनि नष्ट भएको छ । तराईका फुसका घरहरु अधिकांश सग्ला छैनन् ।

 

सडक किनारामा पार्क गरिएका मालबाहक ट्रक पल्टिएर क्षतिग्रस्त भएका छन् भने रोकिराखेका बस पनि पल्टिएका छन् । बस्ने घरनै नभए पनि हजारौं सर्वसारधारणको बिचल्ली छ ।

हावाहुरीले घर भत्काएपछि अन्नपात पानीले भिजाएको छ । बस्तुभाउ किचिएर मरेका छन् । हावाहुरीले गरेको भौतिक क्षतिको दृष्य हृदयविदारक छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...