झापाका सबै कार्यक्रम छोडेर प्रधानमन्त्री बारा जादै, घाइतेको उपचार र उद्धारमा खट्न निर्देशन



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओली आँधी प्रभावित जिल्ला बारा जानुहुने भएको छ । पूर्वनिर्धारित कार्यक्रम अन्तर्गत हिजो झापा पुग्नु भएका प्रधानमन्त्री ओली सबै कार्यक्रम स्थगित गरेर बारा जान लाग्नु भएको हो ।

 

प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार अच्युत मैनालीका अनुसार उहा हेलिकोप्टरबाट सिधै आधी प्रभावित जिल्ला बारा जाने कार्यक्रम तय भएको बताउनु भयो । आँधी हुरीले बारा, पर्सालगायतका जिल्लामा जनधनको धेरै क्षति भएको जानकारी पाएपछि ओलीले पूर्वनिर्धारित सबै कार्यक्रमहरु स्थगित गर्नुभएको मैनालीले जानकारी दिनुभयो ।

 

यसैविच प्रधानमन्त्री ओलीले घाइतेको उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने बताउनु भएको छ । आज एक अर्को टिवट् गर्दै उहाले अहिलेसम्म २७ जनाको मृत्यु भएको जानकारी दिनुभयो । यस्तै घाइते भएका ६१२ जना मध्ये ३४३ जना उपचारपछि घर फकिएको समेत बताउनु भयो । तत्काल राहतका लागि सामग्रीसहित नेपाल प्रहरीको टोली विहान पौने पाँच बजे प्रभावित क्षेत्रमा पुगेको पनि जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...