झापाका सबै कार्यक्रम छोडेर प्रधानमन्त्री बारा जादै, घाइतेको उपचार र उद्धारमा खट्न निर्देशन



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओली आँधी प्रभावित जिल्ला बारा जानुहुने भएको छ । पूर्वनिर्धारित कार्यक्रम अन्तर्गत हिजो झापा पुग्नु भएका प्रधानमन्त्री ओली सबै कार्यक्रम स्थगित गरेर बारा जान लाग्नु भएको हो ।

 

प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार अच्युत मैनालीका अनुसार उहा हेलिकोप्टरबाट सिधै आधी प्रभावित जिल्ला बारा जाने कार्यक्रम तय भएको बताउनु भयो । आँधी हुरीले बारा, पर्सालगायतका जिल्लामा जनधनको धेरै क्षति भएको जानकारी पाएपछि ओलीले पूर्वनिर्धारित सबै कार्यक्रमहरु स्थगित गर्नुभएको मैनालीले जानकारी दिनुभयो ।

 

यसैविच प्रधानमन्त्री ओलीले घाइतेको उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने बताउनु भएको छ । आज एक अर्को टिवट् गर्दै उहाले अहिलेसम्म २७ जनाको मृत्यु भएको जानकारी दिनुभयो । यस्तै घाइते भएका ६१२ जना मध्ये ३४३ जना उपचारपछि घर फकिएको समेत बताउनु भयो । तत्काल राहतका लागि सामग्रीसहित नेपाल प्रहरीको टोली विहान पौने पाँच बजे प्रभावित क्षेत्रमा पुगेको पनि जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...