अभिनेत्री सोनाक्षी सिन्हा भन्छिन् : अब म एक्लै बस्न सक्दिन विवाह गर्नलाई केटा चाहियो



हाम्रो इकोनोमि

 

चर्चित बलिउड अभिनेत्री सोनाक्षी सिन्हा उनको आगामी फिल्म ‘कलंक’को कारण निकै चर्चामा आउन थालेकी छन् ।

उनी यसै फिल्मको प्रचार–प्रसारका लागि एक टिभी शोमा पुगेकी थिइन् ।

उनको साथमा को–स्टार बरुण धवन र अर्की अभिनेत्री आलिया भाट पनि सँगै थिए ।

उक्त टिभी शोमा तीनै जना कलाकारहरु बरुण धनव, आलिया र सोनाक्षीलाई विहेको बारेमा प्रश्न गरिएको थियो ।

जहाँ ‘तपाईहरु तीनै जनाले विहे गर्दै हुनुहुन्छ रु सबै भन्दा पहिले कसले विहे गर्दै हुनुहुन्छ रु लगाएतका प्रश्न गरिएको थियो ।

अभिनेत्री सोनाक्षीले यस प्रश्नको उत्तर फर्काउँदै भनिन्, ‘मैले आलिया र बरुण भन्दा पहिल्यै विहे गर्न चाहन्छु । विहेको लागि तयार छु ।

अब घरबार जमाउनुपर्छ । अहिले मैले जीवनसाथीलाई खोजिरहेकी छु ।’

अभिनेत्री सोनाक्षीले यसो भनिरहँदा समाचारमा भने, उनले नोटबुकफेम अभिनेता जहीर इकबाललाई डेट गरिरहेकी उल्लेख हुँदै आएको छ ।

अभिनेता जहीरले इन्टाग्राममा सोनाक्षीलाई जन्मदिनको शुभकामना दिएका थिए ।

तर अहिलेसम्म यो जोडीको डेटिङको आधिकारिक पुष्टी भने भएको भएको छैन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...