डिप्रेसनमा बलिउड सेलिब्रेटी,को? के कारणले ?



हाम्रो इकोनोमि

 

डिप्रेसनको पीडा नाम र प्रतिष्ठा कमाइसकेका सेलिब्रेटीलाई झन् बढी हुने जोखिम हुने मनोचिकित्सकको धारणा छ  ।

बलिउडमा पनि यस्ता उदाहरणहरू प्रशस्त देखिन थालेका छन्  ।

सामान्यतः असफलता वा तिरस्कारले डिप्रेसनमा जाने आमधारणा भए पनि कतिपय सेलिब्रेटी सफलताको शिखरमा छँदै पनि यस्तो समस्याबाट गुज्रिने गरेका छन् । केहीलाई एंग्जाइटी हुने गरेको छ ।

‘म ठीक हुने कोसिस गरिरहेको छु तर असफल भइरहेको छु,’ केही दिनअघि मात्रै निर्माता, निर्देशक आदित्य चोपडाले ट्वीट गरे ।

उनको उक्त ट्वीटपछि फ्यानदेखि सहकर्मीको बरोबर ढाडसका कमेन्ट्स आउन थालेपछि चोपडाले त्यसलाई थेग्न सकेनन् र ट्वीट हटाइदिए ।

पछि अर्को ट्वीटमा लेखे, ‘त्यो एउटा डार्क ह्युमर थियो । म ठीक छु ।’

घटना यति चर्को बन्यो कि चोपडाले केही समय टीटर अकाउन्ट नै डिएक्टिभ गरे । ‘धूम ३’ का अभिनेता चोपडाले यसो भनिरहँदा केही बहस जन्मिएका छन् ।

चोपडा यति बेला फिल्ममा काम नपाएको पीडामा छन् ।

त्यसैले पनि उनी डिप्रेसनमा हुन सक्ने प्रायः अनुमान लगाउन गाह्रो पर्दैन । तर केही समयअघि मात्रै अभिनेत्री दीपिका पादुकोणले पनि आफू डिप्रेसनको सिकार भएको खुलासा गरेपछि धेरै आश्चर्य चकित भए ।

सफलतामाथि सफलताको चाङ लगाएकी पादुकोणले यति बेला आफू डिप्रेसनसँग जुधिरहेको बताएकी छन् ।

आखाँभरि आँसु बनाउँदै पादुकोणले भनेकी छन्, ‘म केवल सुत्न चाहन्थें । त्यही नै मेरो बचाउको तरिका थियो ।

केवल सुतिरहने, नउठ्ने । मलाई त्यस्तो ठाउँ खोज्नु थियो, जहाँ म मज्जाले रुन सकूँ । आज पनि मलाई अलार्मसँग डर लाग्छ ।’

यस्तै बलिउडकी अर्की अभिनेत्री अनुष्का शर्माले पनि एंग्जाइटीको समस्या भोगिन् ।

अनुष्का पनि पछिल्लो समय राम्रै सफलता पाउने अभिनेत्रीमा गनिन्छिन् । तर उनले आफ्नो समस्या उजागर गर्दै यसका लागि उपचाररत रहेको खुलासा गर्दा कैयौं फ्यानहरू अवाक भएका थिए ।

सफलता नपाएर मानसिक पीडामा हुनेमा बलिउड अभिनेता टाइगर श्राफ पनि हुन् ।

आफ्नो फिल्म फ्लप भएपछि एक महिना डिप्रेसनबाट गुज्रिएको बताएका थिए भने अभिनेता शाहरूख खानले पनि सर्जरीपछि आफू डिप्रेसनमा गएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...