भारतले आफ्नै ६ फौजीको हत्या गर्यो, हेलिकोप्टर पनि खसाल्यो:पाकिस्तानी मिडिया



हाम्रो इकोनोमि

 

पाकिस्तानमा बढ्दो महँगी र भारत–पाकिस्तानको आपसी सम्बन्धसँग जोडिएका खबरपाकिस्तानबाट छापिने उर्दू पत्रिकामा यो हप्ता  चर्चामा रह्यो ।

सबैभन्दा पहिले भारत–पााकिस्तानको आपसी सम्बन्धबारे कुरा गरौं ।

पाकिस्तानी मिडियाको दाबी अनुसार २७ फेब्रुअरीमा जुन भारतीय हेलिकोप्टर दुर्घटना भएको थियो त्यसमा सवार पाँचजना मारिएका थिए, उनीहरु कुनै दुर्घटनाको शिकार नभई त्यसलाई भारतीय सेना आफैंले खसालेको थियो ।

पत्रिका जंगले आफ्नो पहिलो पानामा यसबारे लेखेको छ जसको हेडलाइन छ, ‘भारतले आफ्नै ६ फौजीको हत्या गर्यो, हेलिकोप्टर पनि ध्वस्त ।’

भारतीय सेनाले आफ्नै हेलिकोप्टर खसाल्योः

पत्रिकाले लेखेको छ, ‘भारतको अर्को एउटा झुट भारतीय मिडिया आफैंले पर्दाफास गरेको छ । भारतीय वायुसेनको हेलिकोप्टर कुनै प्राविधिक खराबीका कारण नभई भारतीय सेनाको मिसाइलले ध्वस्त भएको थियो जसका कारण ६ सैनिक मारिएका थिए ।’

भारतीय मिडियाको हवाला दिँदै पत्रिका लेख्छ, ‘भारतीय सेनाले मृतकका परिवार र पूरा भारतसँग झुट बोल्यो । यो घटनाले भारत र पाकिस्तानी सेनाबीच कति फरक छ, त्यो कुरा दर्साउँछ ।’

यस्तै पत्रिका नवा–ए–वक्तले हेडलाइन बनाएको छ, ‘पाकिस्तानी वायुसेनासँग भयभीत भारतीय सेनाले आफ्नै हेलिकोप्टर खसालेको थियो ।’

उक्त पत्रिका अनुसार भारतले फेब्रुअरी २७ तारिखमा पाकिस्तानी वायुसेनासँग झडपको क्रममा डरका कारण मिसाइल प्रक्षेपण गरेर आफ्नो हेलिकोप्टर आफैं खसालेको थियो ।

‘भारतीय सेनाले साथी र दुश्मनलाई चिन्न छोडेको थियो । पाकिस्तानसँग झडप भएको दिन श्रीनगर नजिक भारतीय वायुसेनाको एमआई वी–५ हेलिकोप्टर खसालेको थियो जसमा ६ जनाको हत्या भएको थियो,’ उक्त पत्रिकाले भनेको छ ।

भारतीय पत्रिका इकोनोमिक टाइम्समा छापिएको खबरलाई हवाला दिँदै पत्रिका नवा–ए–वक्तले लेखेको छ, ‘भारतीय समूह यस्तो कसरी भयो भनेर अनुसन्धान गरिरहेको छ । जो अधिकारी दोषी ठहर हुनेछन् उनीहरुविरुद्ध कोर्ट मार्शलको कारवाही गरिनेछ ।’

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...