यदी मलाई आतंककारी भन्ने हो भने म भन्दा ठुलो आतंककारी कांग्रेस हो : प्रचण्ड



हाम्रो इकोनोमि

 

केही दिन पहिले एक साता अमेरिका भ्रमण सकेर आउँनु भएका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले फेरि नयाँ खुलासा गर्नुभएको छ । उहाँले आफुलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अमेरिकामा पक्राउ गर्न लगाएको आरोप लगाउँनु भएको छ ।

 

सबै राजनीतिक शक्तिहरुलाई नयाँ संकल्पका लागि एकजुट हुन आग्रह गर्नुभएको छ । आज रिपोर्टर्स क्लब नेपालको २१ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले अझै पनि राष्ट्रका प्रमुख समस्याहरु समाधानका लागि एकता आवश्यक रहेको बताउनुभयो ।

 

अप्ठ्यारो परिस्थितीमा पनि निर्वाचन सकेर संविधान कार्यान्वयन प्रक्रियामा देशलाई लैजानुमा सबै राजनीतिक शक्तिहरुबीच सहकार्य भएको दाहालले जानकारी दिनुभयो । कोही एक दल वा व्यक्तिको पहलमा अहिलेको अवस्था नआएको भन्दै सबैलाई मिलेर जान आग्रह गर्नुभएको छ । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “सत्तापक्ष र प्रतिपक्ष छ । आलोचना र विवाद हुनुपर्छ ।

 

तर राष्ट्रहितमा सबैबीच समझदारी आवश्यक छ ।” नेपाललाई गरिब देशको रुपमा नभई विकसित देशको रुपमा स्थापित गर्नका लागि सबै राजनीतिक शक्तिहरुबीच एकताको संकल्प गर्नुपर्ने बेला आएको जिकिर गर्नुभयो । हिजो सकिएको लगानी सम्मेलनले विकास र समृद्धिमा धेरै महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

 

अमेरिका जाँदा भएको प्रशंगलाई कोट्याउँदै उहाँले भन्नुभयो, “एउटा नेपालीले नै मलाई हत्याराको रुपमा दुनियाको अगाडि, नेपालभित्रै बसेर अलिअलि गर्न मिल्छ । नेपाली–नेपालीबीच आलोचना हुन सक्छ । तर विदेशमा बसेर नेपालको शान्ति सम्झौतालाई अपराधिक सम्झौताको रुपमा, हस्ताक्षरकर्तालाई अपराधीको रुपमा प्रस्तुत गरेर अन्तराष्ट्रिय जगतले पक्राउ गरेर जेल हाल्नुपर्यो भन्नु कति तर्क संगत छ ?”

 

आफू वासिङ्टन डिसीमा बस्दा नेपाली कांग्रेस आवद्ध एउटा कमिटिले निर्णय गरेर प्रचण्डलाई अपराधीको रुपमा प्रस्तुत गरिएको भन्दै दाहालले मञ्चमा रहेका कांग्रेस नेता डा. रामशरण महतको ध्यानाकर्षणसमेत गराउनुभयो । आफू डराएर यो अनुभव सुनाएको नभई श्रीमतीको उपचारमा जाँदा समेत त्यस्तो गरिएकोमा दुःख लागेका अनुभव सुनाउँनु भएको हो ।

 

उहाँले भन्नुभयो, “मलाई अपराधी भन्ने हो भने नेपाली कांग्रेस पनि अपराधी नै होला । शान्ति सम्झौतामा त कांग्रेसले पनि हस्ताक्षर गरेको हो ।” प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएको बेला एफबीआईमा उजुरी परेको थियो । तिलक श्रेष्ठ नाम गरेका व्यक्तिले प्रचण्ड आतंककारी भएको भन्दै अमेरिका आएको बेलामा पक्राउ गर्न माग गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...