रुसमा निर्मित भारतीय लडाकू विमान ‘मिग-२७’ दुर्घटनाग्रस्त



हाम्रो इकोनोमि

 

भारतीय वायुसेनाको एउटा मिग-२७ लडाकू विमान राजस्थानको जोधपुरमा आइतबार विहान दुर्घटनाग्रस्त भएको छ ।

नियमित उडानका क्रममा रहेको उक्त विमानका पाइलट भने सकुशल उत्रिएको भारतीय सेनाले जनाएको छ ।

वायुसेनाले विमान दुर्घटनाका बारेमा अनुसन्धान गर्न आदेश दिएको छ ।

जोधपुरबाट करिब १२० किलोमिटर दक्षिणमा दुर्घटनाग्रस्त भएको मिग-२७ विमानमा इन्जिनमा खराबी आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

गत मार्च ८ तारिखमा पनि राजस्थानको बिकानेर इलाकामा मिग-२१ लडाकू विमान दुर्घटनाग्रस्त भएको थियो ।

रुसमा निर्मित मिग लडाकू विमानहरु एकपछि अर्को दुर्घटना हुने गरेका छन् ।

गत फेब्रुअरी १ तारिखमा पनि रुसमा निर्मित मिराज २००० लडाकू विमान पनि दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनामा दुबै पाइलटको ज्यान गएको थियो ।

यसैगरी गत फेब्रुअरी १२ मा राजस्थानको पोखरण क्षेत्र नजिक मिग-२७ लडाकू विमान दुर्घटनाग्रस्त भएको थियो ।

भारतमा फ्रान्समा निर्मित राफेल समेतका नयाँ मोडेलका लडाकू विमानहरु भित्र्याउन पहल गरिए पनि त्यो सफल हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...