बेरोजगारलाई भत्ता होइन रोजगार : माधव नेपाल



हाम्रो इकोनोमि

 

पूर्वप्रधामन्त्री माधवकुमार नेपालले सरकारले वेरोजगारहरुलाई भत्ता दिने गरी ल्याएको योजना क्षणिक रुपमा राम्रो भए पनि सधैका लागि यो ठीक नभएको बताएका छन् ।

 

आइतबार सरोकार समाज नेपालले राजधानीमा आयोजना गरेको कार्याशालामा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले बेरोजगार भत्ताले युवाहरुमा परनिर्भता बढ्न सक्ने भन्दै उनले भत्ता होइन रोजगार सिर्जना गर्नु पर्ने बताए ।

 

राज्यले आफ्ना देशका युवाहरुलाई रोजगारीका लागि योग्य बनाउन कसरी हुन्छ काम गर्नु पर्ने उनले बताए । नेपालको शिक्षा जीवन उपयोगी नभएको भन्दै उनले पाठ्क्रम पनि परिमार्जन गर्नुपर्ने बताए ।

 

पाठ्यक्रम परिमार्जन गरेर राज्यले सिप आर्जन हुने किसिमको शिक्षा नीति बनाउनु पर्ने उनको सुझाव थियो । तर सबै कुरामा राज्यकै भर नपर्न युवाहरुलाई उनको सुझाव थियो ।

 

‘राज्यले रोजगारी दिन अग्रसरता देखाउनु पर्छ, तर राज्यले दिन्छ भनेर भर नपर्न भने म युवाहरुलाई आग्रह गर्छु’ उनले भने, ‘एदम गर्नुस, स्वरोजगार बन्नुस, गाई पालेर सफल भएका उदाहरण धेरै छन् ।’ स्वरोजगार बन्न आत्मविस्वास चाहिने भन्दै बलियो आत्मविस्वास भएर उद्यम गर्न पूर्वप्रधानमन्त्री नेपालले युवाहरुलाई सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...