हेर्नुहोस धिरेन शाक्यको आर्मी छोरी धिरेन शाक्यको अपूरो आर्मी यात्रा छोरीले पूरा गर्दै



हाम्रो इकोनोमि

 

राम्रो अभिनयका साथै उनी फिटनेसका कारण पनि चर्चामा छन् ।

फिटनेसमा उनी यति धेरै जागरुक छन् कि उनले आफ्नै जिमखाना पनि खोलेका छन् । उनको जिमखाना जाउलाखेलमा छ ।

जिममा उनी सकेसम्म धेरै समय बिताउँछन् । त्यस्तै उनका अन्य दुईवटा अफिस, एउटा होटेल र एउटा फिल्म प्रोडक्शन कम्पनी छन् ।

धिरेन कामबाट थकित भएर घर जाँदा उनको थकान मेटाउन गाह्रो हुँदैन । किनकी उनी छोरीहरु देख्नासाथ सबै दुःख र पीडा बिर्सन्छन् ।

उनी दुई छोरी जस्मिन र जुलियानाका अभिभावक हुन् । धिरेनलाई आफ्नी छोरीहरु भएपछि केही चाहिँदैन ।

छोरीको जन्मान्तर १० वर्ष उनका दुई छोरीहरुको जन्मान्तरमा झण्डै १० वर्षको फरक छ । जुन सामान्यतया धेरै मानिन्छ ।

धिरेनकी जेठी छोरी जस्मिन अहिले प्लस टु सकाएर बसेकी छिन् भने उनकी कान्छी छोरी जुलियाना तीन कक्षामा अध्ययन गर्दै छिन् ।

उनी कान्छी छोरीलाई अफिसको कामहरु छोडेरै आफैले स्कुल पुर्याउने र ल्याउने काम गर्छन् ।

यस हिसाबले उनी आफैलाई एक असल पिता भएको महशुस गर्छन् ।< आर्मी बन्न चाहन्छिन् छोरी धिरेनले हामीसँग कुराकानी गर्ने क्रममा छोरीहरुको लक्ष्यका बारेमा पनि बताएका छन् ।

उनकी जेठी छोरीलाई आर्मीमा धेरै रुची छ । हाल उनी आर्मी अफिसरको कोर्ष पनि गरिरहेकी छिन् । धिरेनको पारिवारिक पृष्ठभूमि आर्मी भएका कारण उनकी जेठी छोरीलाई आर्मी अफिसर हुन मन लागेको बुझिन्छ ।

धिरेनका बुवा भारतीय सेनामा कार्यरत थिए भने धिरेन पनि ब्रिटिश आर्मीमा थिए । तर धिरेनले बीचमै जागिर छाडेर सिनेमामा लागेका हुन् ।

बुवा सिनेमामा भएको भएपनि उनका छोरीहरुको भने सिनेमामा खासै रुची छैन । तर जेठी छोरीको आर्मीका साथै संगीतमा पनि रुची छ । तर उनको मुख्य उद्देश्य भनेको गायिका नभएर आर्मी अफिसर बन्नु नै हो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...