गौशाला र चाबहिलका होटलमा छापा, आपत्तिजनक अवस्थामा फेला परेका ६ युवती पक्राउ



हाम्रो इकोनोमि

 

बेश्यावृत्ति हुने गरेको सूचनाका आधारमा प्रहरीले गौशाला, मित्रपार्क, चाबहिल क्षेत्रमा होटल तथा रेस्टुरेन्टमा छापा हानेको छ।

अनैतिक क्रियाकलापमा संलग्न आरोपमा ३ वटा होटलबाट प्रहरीले ६ जना युवतीलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त गौशालाले तीन होटलमा छापा हानेको हो।

बत्तिसपुतलीस्थित न्यू जनकपुर रेस्टुरेन्टबाट धनुषाकी रञ्जु कुमारी साहलाई पक्राउ गरेको छ।

त्यस्तै मित्रपार्कस्थित विजय खाजाघरबा दोलखाकी सुनिता भुजेल र ऋतु तामाङ पक्राउ परेका छन्।

सद्भावना रेस्टुरेन्ट तथा खाजा घरबाट सुनसरीका संजु राई, सर्लाहीकी बबिता राम र झापाकी ममता गुप्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरुलाई सार्वजनिक अपराध मुद्दामा कारबाही अघि बढाइएको गौशला वृत्तका डिएसपी अनुपम श्रेष्ठले बताए।

गौशला क्षेत्रका होटल तथा रेस्टुरेन्टहरु बेश्यावृत्तिका कारण बदनाम छन्। प्रहरीले बारम्बार छापा पनि हान्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...