मलाई अमेरिकामै जेल हाल्ने योजना पो रहेछ- प्रचण्ड



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही मानिसहरुले मलाई हत्यारा र अपराधी भनेर अमेरिकामै जेल हाल्ने योजना बनाएको बताएका छन् ।

 

अध्यक्ष प्रचण्डले अमेरिकी सरकारले ‘नो इन्भेस्टिगेसन’ जारी नगरेको भए आफूलाई जे पनि हुन सक्ने बताए । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अमेरिकामा रहदा आफूले तीतो अनुभव गरेको बताए।

 

‘अमेरिकी सरकारले नो इन्भेस्टिगेसन जारी नगरेको भए मलाई त्यहाँ जे पनि हुने रहेछ। केही मानिसले मलाई प्रचण्ड हत्यारा हो अपराधी हो भनेर त्यतै जेल हाल्ने योजना रहेछ ।’ पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने, ‘के मैले शान्ति सम्झौता गरेर अपराध गरें। संविधान निर्माणको नेतृत्व गरेर र देशलाई एकतावद्ध गरेर मैले के अपराध गरे ?’

 

प्रचण्डले अमेरिकास्थित नेपाली कांग्रेसको प्रवासी संगठनले निर्णय नै गरेर आफूविरूद्ध उजुरी हालेकाले त्यतातिर ध्यान दिन प्रमुख प्रतीपक्षी कांग्रेसको ध्यानाकर्षण समेत गराए। ‘यस्ता मानिसहरू कसलाई प्रहार गर्दा अहिलेको परिवर्तन उल्ट्याउन सकिन्छ भन्नेमा लागेका हुन्छन्,’ अध्यक्ष प्रचण्डले भने, शान्ति सम्झौताको हस्ताक्षरकर्तालाई प्रहार गर्दा त्यो सजिलो हुन्छ भन्ने उनीहरूको बुझाइ हुन्छ। त्यो एउटा प्रवृत्ति हो। हामीले त्यस्तालाई रोक्नुपर्छ।’

 

पत्नी सीता दाहालको अमेरिकामा उपचार गरेर बिहीबार मात्रै अध्यक्ष प्रचण्ड स्वदेश फर्किएका थिए । उनिविरुद्ध अमेरिकामा तिलक श्रेष्ठले उजुरी हालेका थिए।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...