नेपालमा ३६ प्रतिशत किशोरकिशोरीले हेर्छन् अश्लील फिल्म, आत्महत्या गर्न सक्ने !



 

सरकारले नेपालमा अश्लील फिल्मका इन्टरनेट माध्यम बन्द गराएको छ तर विविध माध्यमबाट हेर्ने काममा प्रतिबन्ध भने हुन सकेको छैन । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्याका विषयमा प्रदर्शन हुन थालेपछि सरकारले नेपालमा बलात्कारको रेट घटाउनका लागि यस्ता साइट बन्द गर्ने निर्णय लिएको थियो ।

 

बलात्कार भन्दा पनि यस्ता फिल्मले किशोरकिशोरीमा अन्य प्रभाव ज्यादा पर्ने विभिन्न अध्ययनहरूले देखाएको छ । सन् २००९ मा सिविन नेपालले काठमाडौंका विद्यार्थीमाझ गरेको एउटा अध्ययनमा ३६ प्रतिशत किशोरकिशोरीले इन्टरनेटमा अश्लील चलचित्र हेर्ने गरेको बताएका थिए ।

 

सन् २०१५ मा एउटा जर्नलमा प्रकाशित अध्ययनमा इन्टरनेट प्रयोगकर्तामध्ये २०.८ प्रतिशतले अश्लील सामग्री हेर्नका लागि इन्टरनेट चलाउने जानकारी दिएका थिए ।

 

इन्टरनेट र यसको सुरक्षित प्रयोग पुस्तिकाका अनुसार अश्लील चलचित्र हेरेपछि बालबालिकामा उमेर नपुग्दै यौनप्रति रुचि देखिन थाल्छ । यस्तै, यौन सामान्य र सहज हो भन्ने छाप पर्छ भनेउनीहरू समकालीन वा वयस्कहरूसँग उत्तेजक व्यवहार गर्न थाल्ने पनि उल्लेख छ ।

 

अश्लील फिल्म हेर्नेहरु परिवार र साथीभन्दा बेग्लै बस्न रुचाउँछन् भने लागुपदार्थको कुलतमा फस्न सक्ने पनि चेतावी दिइएको छ । अध्ययनप्रति रुचि नदेखाउने र आत्महत्यासम्मको प्रयास पनि गर्न सक्ने पुस्तिकामा उल्लेख छ ।

 

नेपालमा मात्र होइन, विकसित मुलुकमा पनि यसका प्रभावबारे निक्कै अध्ययन गरिएको थियो । सन् २०१६ मा ब्रिटेनमा गरिएको एक अध्ययनका अनुसार ११ देखि १६ वर्ष उमेरका आधाभन्दा धेरैले इन्टरनेटमा अश्लील सामग्री हेरेको सूचाङ्क सार्वजनिक भयो । यद्यपि अश्लील चलचित्रले युवा अवस्थाका महिलाहरूमा गर्ने असरबारे खासै वैज्ञानिक अध्ययनहरू भएका छैनन् ।

पत्रपत्रिका र वैज्ञानिकहरूले पुरुष र अश्लील चलचित्रको अत्यधिक प्रयोगबारे धेरै लेखेका छन् ।

 

सन् २०१६ मा ब्रिटिश यौनमनोवैज्ञानिक एन्जेला ग्रेगोरीले क सजिलै प्राप्त भइरहेको अश्लील चलचित्रका कारण पुरुषमा यौन उत्तेजना नहुने रोग बढेको छ । एउटा अध्ययनले सन् २००० ताका करिब दुईदेखि पाँच प्रतिशत नपुसंकताको कारण अश्लील चलचित्र भएकोमा देखाएको थियो । अहिले ३० प्रतिशत नपुसंकताको कारण अश्लील चलचित्र भएको देखिएको छ ।

 

ब्रिटेनमा यौन दुव्र्यसनको उपचारमा कार्यरत डा. ठाडेउस बिर्चार्डका अनुसार अश्लील चलचित्रमा पुरुष धेरै आकर्षित हुनुको कारण मानव मस्तिष्क पनि हो । उनी भन्छन्, ‘महिलाहरूमा यौन उत्तेजना हुँदा मस्तिष्कमा अक्सिटोसिन निस्कन्छ जुन मानव सम्बन्ध विस्तारको रसायन हो ।’

 

‘पुरुषहरूमा भने भासोप्रेसिन निस्कन्छ जुन कुनै कुरामा एकाग्र हुन सघाउने रसायन हो । यही कारणले गर्दा पुरुषहरू इन्टरनेटमा घण्टौँसम्म बाह्य संसार बिर्सेर एकाग्र भई बस्न सक्छन्,’ बिर्चार्ड भन्छन् । उनका अनुसार धेरै महिलाहरू शरीरका अङ्गमा रुचि नराख्ने भएका कारण पुरुषहरूको अश्लील चलचित्रप्रति बढी झुकाव देखिएको हो ।

 

यस्ता फिल्मले महिला हिंसालाई पनि प्रश्रय गरेको भन्ने एउटा अध्ययनले देखाएको छ । सन् २०१० मा ३०० अश्लील चलचित्रमा गरिएको एक अध्ययनमा ८८ प्रतिशत चलचित्रमा शारीरिक हिंसा भएको पाइएको थियो । अधिकांशमा पुरुष हिंसक थिए र उनीहरूको लक्ष्य महिला थिए जसलाई त्यो हिंसाबाट सन्तुष्टि मिलेको वा वास्ता नभएको देखाइएको थियो ।

(एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस
माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको

एमालेले भीम रावल सहित ३ नेतालाई सोध्यो स्पष्टिकरण

    नेकपा एमालेले पार्टी केन्द्रीय भवन निर्माणको लागि दानमा लिइएको जग्गाको विरोध

धारिलो हतियार प्रहारबाट कञ्चनपुरमा एक दम्पतीको हत्या

    कञ्चनपुरमा एक दम्पतीको हत्या गरिएको छ । जिल्लाका लालझाडी गाउँपालिका १