रविन्द्रको निर्वाचन क्षेत्रमा पत्नी बिद्या उम्मेद्वार, तर पर्यटनमन्त्री को ?



हाम्रो इकोनोमि

 

संस्कृति, पर्यटन तथा नागरिक उड्यमन्त्री रविन्द्र अधिकारीको दुखद निधन भएको एक महिना पुगेको छ । हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीको निधन भएपछि उनले समाल्दै आएको मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओली आफैले समाल्दै आएका छन् । उनको निधन भएको एक महिनापछि नेकपाभित्र पर्यटन तथा नागरिक उड्यनमन्त्रालय र उनको निर्वाचन क्षेत्रका बिषयमा चर्चा शुरु भएको छ ।

उनले समाल्दै आएको मन्त्रालयमा कस्सलाई मन्त्री पठाउने भन्ने बिषयमा नेकपा शीर्ष नेताहरुले छलफल थालेका छन् । शुक्रवार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा शीर्ष नेताबीच मन्त्रीका बिषयमा छलफल भएको स्रोतले बताएको छ । तर प्रधानमन्त्री ओली भने तत्काल पर्यटनमन्त्री अर्काे बनाउने पक्षमा देखिदैनन् । पर्यटनमन्त्रीका लागि नेकपाभित्र सांसदहरुको दौडधुप शुरु भएको छ ।

 

नेकपा अध्यक्ष दाहाल पर्यटनमन्त्रीसँगै अन्य मन्त्रीको जिम्मेवारी हेरफेर र थपघट गराउने पक्षमा छन् भने प्रधानमन्त्री ओली मन्त्रिपरिषद थपघट गर्ने पक्षमा देखिदैनन् । शुक्रवार पाँचमन्त्रीको जिम्मेवारी हेरफेर र पर्यटनमन्त्री नियुक्तिका बिषयमा प्रचण्ड निवासमा छलफल भएको थियो । मन्त्री अधिकारीको निधन भएपछि कास्की क्षेत्र नं २ पनि रिक्त भएको छ ।

 

रिक्त पदमा कस्लाई चुनाव लडाउने ? यो बिषयले पनि नेकपाभित्र प्रवेश पाएको छ । पार्टी सचिवालय सदस्य बामदेव गौतम अधिकारीकी धर्मपत्नी बिद्या अधिकारीलाई नै उम्मेद्वार बनाउनु पर्ने धारणा राख्दै आएका छन् । उनको धारणामा दुई अध्यक्ष र अन्य नेतापनि सहमत देखिएका छन् ।

 

गत निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्धार देवराज चालिसेलाई अधिकारीले ८ हजार मतान्तरबाट जितेका थिए । तर कांग्रेसले चालिसेलाई नै उम्मेद्वार बनाउने लगभग निश्चित छ । नेकपाभित्र बिद्यालाई उम्मेद्धार बनाउने चर्चा चलेपछि औपचारिक संवाद भने हुन सकेको छैन ।कतिपयले बिद्यालाई उम्मेद्वार बनाउने र उनी सांसदमा बिजय भए पर्यटनमन्त्री बनाउने तयारी प्रधानमन्त्री ओलीले गरेको बिश्लेषण गर्न थालिएको छ । तर प्रधानमन्त्री ओलीले निर्वाचन र मन्त्री नियुक्तिका बिषयमा औपचारिक धारणा बाहिर ल्याएका छैनन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...