विप्लवको यस्तो गोप्य अभियान बाहिर आएपछि जनतामा थपियो त्रास



हाम्रो इकोनोमि

 

विप्लव समुह र सरकार बिचको दुरी बढ्दै जाँदा जनतामा त्रास पनि बढ्दै गएको छ । सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएसँगै प्रदेश ५ मा प्रहरीले उसका गतिविधि रोक्न सक्रियता बढाएको छ । प्रदेशका १२ वटै जिल्लामा उच्च सुरक्षा सर्तकता अपनाइएको प्रदेश प्रहरीले जनाएको छ ।

 

यो सँगै विप्लव गाउँ गाउँमा संगठन विस्तार देखि लिएर युद्धको तयारीसम्म गर्न थालेको विशेष स्रोतको दावी रहेको छ । उनी गाउँमा संगठन विस्तारमा लागेको कुराहरु बाहिर आइरहेका छन् । प्रहरी सक्रियत बढेसँगै विप्लव नेकपाको नेता, कार्यकर्ता पक्राउ पर्ने क्रम बढेको छ । पछिल्लो दुई सातामा १० जना पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा पार्टीका जिल्ला इन्चार्ज, भातृ संगठनका अध्यक्ष, विभाग प्रमुख तथा सैन्य इन्चार्ज पनि छन् । जनयुद्धको उद्गमस्थल मानिएको रुकुम, रोल्पा तिर पुर्व लडाकुको समुहसँग मिलेर विप्लव कडा रुपमा प्रस्तुत हुने जानकारहरुको दावा रहेको छ । यता सरकारले चैत्र महिनामा सबै खालका व्यक्तिहरुलाई नियन्त्रणमा लिएर शान्ति कायम गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...