विप्लवको यस्तो गोप्य अभियान बाहिर आएपछि जनतामा थपियो त्रास



हाम्रो इकोनोमि

 

विप्लव समुह र सरकार बिचको दुरी बढ्दै जाँदा जनतामा त्रास पनि बढ्दै गएको छ । सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएसँगै प्रदेश ५ मा प्रहरीले उसका गतिविधि रोक्न सक्रियता बढाएको छ । प्रदेशका १२ वटै जिल्लामा उच्च सुरक्षा सर्तकता अपनाइएको प्रदेश प्रहरीले जनाएको छ ।

 

यो सँगै विप्लव गाउँ गाउँमा संगठन विस्तार देखि लिएर युद्धको तयारीसम्म गर्न थालेको विशेष स्रोतको दावी रहेको छ । उनी गाउँमा संगठन विस्तारमा लागेको कुराहरु बाहिर आइरहेका छन् । प्रहरी सक्रियत बढेसँगै विप्लव नेकपाको नेता, कार्यकर्ता पक्राउ पर्ने क्रम बढेको छ । पछिल्लो दुई सातामा १० जना पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा पार्टीका जिल्ला इन्चार्ज, भातृ संगठनका अध्यक्ष, विभाग प्रमुख तथा सैन्य इन्चार्ज पनि छन् । जनयुद्धको उद्गमस्थल मानिएको रुकुम, रोल्पा तिर पुर्व लडाकुको समुहसँग मिलेर विप्लव कडा रुपमा प्रस्तुत हुने जानकारहरुको दावा रहेको छ । यता सरकारले चैत्र महिनामा सबै खालका व्यक्तिहरुलाई नियन्त्रणमा लिएर शान्ति कायम गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...