१५ परियोजनामा लगानी प्रतिबद्धता



हाम्रो इकोनोमि

 

बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा सक्रिय चीन छिमेकीको साथ लिएर शक्तिशाली मुलुकका रणनीति फितलो बनाउन जुटेको छ। विश्व शक्ति अमेरिकाले इन्डो प्यासिफिक रणनीति र अमेरिकी सिल्क रोडको अवधारणा अघि सारेको अवस्थामा चीन छिमेकीको साथ खोजेर ‘एसिया युग’ निर्माणमा लागेको हो। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

 

अमेरिकाले भारत, अस्ट्रेलिया र जापानसँग मिलेर आफ्नो शक्ति विस्तार गरिरहेको बुझाइ चीनको छ। तर चीनले अमेरिकी रणनीति फितलो पार्न राजनीति, कूटनीति (कर्मचारीतन्त्र), सुरक्षा निकाय, व्यापारिक समुदाय र जनस्तरबाट विश्वका अधिकांश मुलुकलाई जोड्न थालेको छ। यस क्रममा चीनले छिमेकीलाई विशेष महत्व दिएको छ।

 

‘चीन आफ्नै तवरले अघि बढ्छ। अरू मुलुकले के गर्छ सोच्दैन। कसैले सक्रियता बढाएमा आक्रामक हुन्छ’, प्राध्यापक झु काइहुवाले भनिन्, ‘अमेरिकी रणनीतिमा हाम्रो सरोकार रहँदैन। तर हामी छिमेकको चासो र महत्वलाई ध्यान दिन्छौं। शक्ति मुलुक आफ्नै ढाँचाले अघि बढ्नु स्वाभाविक हो। छिमेकी मुलुक दुई शक्तिको मारमा नपरून् भन्नेमा हामी सचेत छौं।’ उनका अनुसार चीन अब एसियाको युग कसरी स्थापित गर्ने भन्नेमा केन्द्रित हुन थालेको छ। उनले भनिन्, ‘छिमेकीलाई हाम्रो विकास मोडलबारे बुझाएर अघि बढ्नु हाम्रो उद्देश्य हो।’

 

चिनिया“ अन्तर्राष्टिय व्यापार तथा आर्थिक सहकार्य अध्ययन केन्द्रकी उपनिर्देशकसमेत प्राध्यापक झुले बीआरआई अभियानमा छिमेकले साथ दिए विश्व एसियातर्फ फर्कने बताइन्। ‘चीन आफ्ना छिमेकको यही विश्वासका साथ अघि बढेको छ’, उनले भनिन्, ‘चीनले बीआरआईमार्फत छिमेकीसँग सहकार्य गर्दै अघि बढ्ने तयारी गरेको छ। पहिला एसियाले नैे विश्वको नेतृत्व गरेको थियो। हामी फेरि त्यसतर्फ फर्कन सक्छौं।’

 

समझदारीहरु

१) चौधरी ग्रुप र सराफ ग्रुपबीच मल्टी-मोडल लजिष्टिक पार्कको लागि जेभीए सम्झौता

२) चौधरी ग्रुप र स्काई पावरबीच ६ सय मेगावाटको सोलार ऊर्जा आयोजनाको लागि जेभीए

३) सीजी लाइफसेल र टर्कसेलबीच फाइभजी मोबाइल नेटवर्क सेवाको लागि जेभीए

४) प्रदेश २ मा २ सय मेगावाटको ऊर्जा प्लान्ट राख्न सीजी इन्फ्रास्टक्चर र प्रदेश २ बीच समझदारी

५) अरुण तेस्रोमा लगानी गर्न एसबीआई बैंक, एभरेष्ट बैंक, नविल बैंक र सतजलबीच समझदारी ।

६) सिन्हुवा वाटर कन्जरभेन्सी एण्ड हाइड्रोपावर इन्भेष्टमेन्ट, हाइड्रो सोलुसन ग्रुप र सांगाई इन्भेष्टमेन्ट, डिजाइन एण्ड रिसर्च इन्स्टिच्युसनबीच १६० मेगावाटको कालीगण्डकी गर्ज निर्माणको समझदारी ।

७) नेपाल लगानी बोर्ड, अन्तर्राष्ट्रिय वित्त निगम -आईएफसी) र विशेष आर्थिक क्षेत्र प्राधिकरणबीच सीमरामा विशेष आर्थिक क्षेत्र निर्माणको लागि समझदारी ।

८) सिन्सियर कन्सल्टिङ कम्पनी र रिसोर्स हिमालय बुटिक भिलेज रिसोर्ट प्रालिबीच बुटिङ भिलेज निर्माणको लागि समझदारी

९) एनआरएन र उद्योग विभागबीच १० अर्बको पूर्वाधार कोष स्थापना गर्ने समझदारी ।

१०) नेशनल कोल्याटलर म्यानेजमेन्ट सर्भिस लिमिटेड र नेपाल वेरहाउस कम्पनी लिमिटेडबीच अन्नबाली भण्डारण केन्द्र स्थापनाको समझदारी ।

११) नेपाल निर्माण व्यवसायी एसोसिएसन र म्यानमारको निर्माण व्यवसायी एसोसिएसनबीच पूर्वाधार विकासमा सहकार्य गर्ने समझदारी । म्यानमारबाट नेपालमा आउने हाउजिङ, ऊर्जा, होटलजस्ता क्षेत्रमा हुने लगानीमा सहजीकरण गर्ने ।

१२) २१६ मेगावाटको माथिल्लो त्रिशूली १ मा कोरियाली कम्पनीद्वारा ६५० मिलियन डलर लगानी घोषणा ।

१३) भारतीय मुतुथ ग्रुपद्वारा नेपालको यूनाइटेड फाइनान्समा करिब ४० करोड रुपैयाँ लगानीको घोषणा ।

१४) लगानी बोर्ड र दक्षिण अपि|mकी लगानी बोर्डबीच आपसी सहकार्यको समझदारी पत्रमा हस्ताक्षर

१५) अपी पावर कम्पनी र कँडेल ग्रुप अफ कम्पनीबीच नेपलमा ऊर्जा विकासको लागि १ खर्ब ७५ अर्ब पाउण्डको समझदारी

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...