यसकारण सलमान खानलाई बलिउडमा भगवान भनिन्छ् !



हाम्रो इकोनोमि

 

सलमान खान बलिउडमा मात्रै नभई विश्व भर नै चर्चामा रहेको नाम हो । बलिउड अभिनेता सलमान खान नयाँ पुस्तालाई बलिउडमा अवसर दिने अभिनेताको रुपमा परिचित छन् । अब भने सलमान खान उनका बडीगार्ड शेराका छोरा टाइगरलाई लञ्च गर्ने तयारीमा छन् ।

 

सलमान लामो समयदेखि टाइगरलाई बलिउड डेब्यू गराउने तयारी गरिरहेका थिए । तर उनले चाहेको जस्तो फिल्मको स्क्रिप्ट नभेटेका कारण अहिले उनी त्यसैको खोजीमा छन् । खबरहरुका अनुसार, सलमान अहिले टाइगरका लागि फिल्महरुको स्क्रिप्ट आफैं पढिरहेका छन् । तर उनलाई अझै चित्त बुझ्दो स्क्रिप्ट फेला परेको छैन ।

 

टाइगर अक्सर सलमान खानका साथ विभिन्न पार्टी तथा कार्यक्रममा एकसाथ सहभागी हुने गर्छन् । २५ वर्षीय टाइगर सलमान खानको बडी र लुक्सदेखि निकै प्रभावित भएको बताइन्छ । उनले बलिउड डेब्यूको लागि भनेर विभिन्न प्रोफेशनल ट्रेनिङ पनि लिएका छन् । यसैगरी टाइगरले सलमान खानको फिल्म ‘सुल्तान’ मा असिस्टेन्ट डाइरेक्टरको काम पनि गरेका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...