अस्पतालमा खाए खा नखाए घिच भन्दै दिइन्छ गुणस्तरहीन खाना !



हाम्रो इकोनोमि

 

बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालमा उपचारका लागि भर्ना हुने बिरामीलाई गुणस्तरहीन खाना खुवाउने गरेको खुलेको छ । सरकारी अस्पतालले भर्ना भएका बिरामीलाई निःशुल्करुपमा खुवाउँदै आएको खाना ‘खाए खा नखाए घिच’ भने झै गुणस्तरहीन खुवाउने गरेको खुलेको हो । यसले अस्पतालबाट उपलब्ध गराइने खानाको विश्वसनीयतामाथि नै प्रश्न उठेको छ ।

 

सरकारी निकायमा जताततै विकृति र विसङ्गति मौलाइरहेको बेला सरकारी अस्पताल जस्तो विश्वसनीय र संवेदनशील संस्थामै बिरामीलाई दिइने खाना गुणस्तरहीन हुँदासमेत अस्पताल व्यवस्थापन र खाद्यप्रविधि तथा गुणनियन्त्रण कार्यालयले अनुगमनमा समेत चासो देखाएका छैनन् ।

 

बिरामी भएर निजी अस्पतालमा उपचारका लागि जान नसक्ने निम्न मध्यम वर्गीय परिवार सरकारी खाना बहिस्कार गर्ने मनस्थितिमा समेत पुगेको भेरी अस्पतालमा उपचार गराइरहेका बिरामीका आफन्तको भनाइ छ ।

 

पैसा खर्च गरेर अन्यत्र उपचारका लागि जान नसक्ने बिरामी दूषित खाद्यान्नको कारण थप बिरामीपर्ने स्थिति छ । अस्पतालमा वितरण हुने पानीसमेत दूषित भएको बिरामीका कुरूवाको आरोप छ ।

 

बिरामीलाई निःशुल्क खुवाइने खानाको गुणस्तरबारे सरोकारवाला निकायको अनुगमन नहुँदा गुणस्तरहीन खाना खान बिरामी बाध्य भएको बिरामी कुरुवा बताउँछन् । ‘भेरी अस्पतालकै यो अवस्था छ ग्रामीण क्षेत्रका अस्पतालको खाना कस्तो होला रु’ नेपालगञ्ज–१० का गोपाल खत्रीले भन्नुभयो, “जताततै लापरवाहीभन्दा केही भेटिदैन ।”

 

सम्बन्धित सरकारी निकायबाट अनुगमन गरिएको छैन् । दूषित खाद्यान्न खुवाउनेको कसुर प्रमाणित भएमा जनही दुई वर्षसम्म कैद र १० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने कानूनी प्रावधान रहेको कानून व्यवसायी वासुदेव ज्ञवालीको भनाइ छ ।

 

‘बिरामीलाई खान दिने खानामा मापदण्ड तोकिएको छ । तर, बिरामीले तोकिएको मापदण्ड र सहमतिअनुसार खाना पाएका छैनन्,’ अस्पतालकै एक कर्मचारीले भन्नुभयो । एउटा बिरामीलाई दैनिक ६०० ग्राम मसिनो चामल, एउटा अण्डा, एक कप दूध र सागसब्जी सहितको सन्तुलित खाना खुवाउनुपर्ने सहमति छ ।

 

तर, बिरामीलाई शुरुकै दिन कमसल खाना दिने र अर्को छाकदेखि बिरामीले अस्पताल बाहिरका होटलबाट खाना ल्याएर खाने गरेको गुनासो गर्दै एक बिरामी कुरुवाले भनिन्, ‘अण्डा दूध केही आउँदैन, आफै होटलबाट किने र बिरामीलाई खुवाउनुपर्छ ।” अस्पतालको भान्सा सञ्चालन र बिरामीलाई खाना खुवाउनका लागि अस्पतालले ठेक्कामा दिएको अस्पतालका निमित्त प्रमुख राजन पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...

सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।...

एमालेको प्रचारप्रसार गर्न ज्योति मगर भृकुटी मण्डप पुगिन्

  दोहोरी गायिका ज्योति मगर नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डप पुगेकी छन् । मंगलबार...