ए मेरो हजुर ३’को ट्रेलर सार्वजनिक



हाम्रो इकोनोमि

 

चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ए मेरो हजुर ३’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।

यसअघि सार्वजनिक गरिएका दुई गीत ‘जिन्दगी नै भन्दिनँ’ र ‘परान’ बोलको गीतले चर्चा पाइरहेका बेला फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ ।

अभिनेता अनमोल केसी र डेब्यू गर्ल सुहाना थापाको अभिनय रहेको यो फिल्म यसअघि बनाइएको फिल्म ए मेरो हजुरको तेस्रो सिक्वेल हो ।

फिल्ममा अनमोल सुपरस्टार गायकको भूमिकामा छन् भने सुहाना उनकी फ्यानको भूमिकामा रहेको ट्रेलरबाट बुझ्न सकिन्छ ।

ट्रेलरमा अनमोल र सुहानाको जोडी उत्कृष्ट देखिएको छ ।

फिल्म ‘ए मेरो हजुर ३’ लाई झरना थापाले निर्देशन गरेका हुन् । यही फिल्मको दोस्रो भागबाट उनले निर्देशनमा डेब्यू गरेकी थिइन् ।

सुहाना उनकै छोरी हुन् । सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।

यसमा अनमोल र सुहानासँगै सलोन बस्नेत, अर्पण थापा, रक्षा गौतम, विशाल पहाडी, सरोज खनाल, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय छ ।

निर्देशक थापा र सुमन पौडेलको कथा रहेको फिल्ममा सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन छ ।

कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी रहेको फिल्ममा दिर्घ खड्काले सम्पादन गरेका छन् ।

फिल्ममा सत्यम राना र अचुत बजगाइँले भिएफएक्स गरेका छन् ।

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...