राजधानी नजिकैं बस दुर्घटनाग्रस्त आठ जनाको मृत्यु ३० घाइते



हाम्रो इकोनोमि

 

ट्रक र बस एक आपसमा ठोक्कीएपछि आठ जनाको ज्यान गएको छ । भारतको राजधानी शहर नयाँ दिल्ली नजिकको यमुना एक्सप्रेस राजमार्गमा बस र ट्रक जुधेर भएको दुर्घटनामा बसमा यात्रारत आठ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् । शुक्रबार बिहानै भएको उक्त दुर्घटनाका विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ ।

 

घाइतेहरुलाई तत्कालै उद्धार गरी अस्पतालहरुमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । घाइते हुनेहरुमा १२ जनाको अवस्था एकदमैं चिन्ताजनक रहेको छ । गत महिना पनि यमुनामा एम्बुलेन्स र कार ठोक्कीदा ७ जनाको ज्यान गएको थियो । बस चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...