ढुक्क भएर लगानी गर्न लगानीकर्तालाइ प्रधानमन्त्री ओलीको आग्रह



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल : सुखी नेपाली’ अभियान सार्थक पार्न सम्मेलन महत्वपूर्ण रहने विश्वास व्यक्त गरेका छन ।

विदेशी लगानी भित्र्याउने महामेलाकाे रूपमा हेरिएकाे नेपाल इनभेस्टमेन्ट समिट २०१९ काे उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा राजनीतिक स्थायित्व कायम भएकाले लगानीकर्तालाइ ढुक्क भएर लगानी गर्न आग्रह गरे ।

स्थिरता उन्मुख सरकार रहेकाे मुलुकमा अहिले लगानीका लागि उपयुक्त वातावरण बन्दै गएकाे ओलीको भनाइ थियो ।

ओलीले सम्मेलनकाे उद्घाटन लगत्तै उनले भने  ‘चीनसँग यातायात सम्झौता भएको छ । हाइड्रो पावरको विकास हुँदैछ ।

बंग्लादेशसँग विद्युत व्यापार सम्झाैतामा हस्ताक्षर भइसकेको छ । भर्जिन ल्याण्ड छ, नेपाल इन्भेष्टका लागि ।’

लगानी गर्न हाइड्रो पावर क्षेत्र मुख्य रुपमा रहेकाे ओलीको भनाइ थियाे ।

५ हजार मेघावाट बिजुली ५ वर्षमा र १० वर्षमा ५० हजार मेघावाट बिजुली निकाल्ने सरकारकाे लक्ष रहेकाे प्रधानमन्त्रीले प्रष्ट पार्नुभयाे ।

यसैगरी कृषि, खानी उद्योग क्षेत्रमा पनि मुख्य सम्भावना रहेकाे ओलीले बताए । उनले पर्यटन व्यवसाय लगानीका लागि झन राम्रो रहेकाे बताए ।

सपानाको रुपमा रहेका तराइ-काडमाडौँ द्रुत मार्ग २/३ वर्षमै सञ्चालनमा अाउने समेत उनले बताए ।

मुलुकको आर्थिक समृद्धिका लागि वैदेशिक लगानी भित्र्याउन र ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्ने उद्देश्य राखिएकाे सम्मेलनमा ३५ खर्ब लागतका सरकारी ५० र निजी क्षेत्रका २७ परियोजना प्रस्तुत गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस
असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

प्रभु बैंककाे देशव्यापी रक्तदान कार्यक्रम

    देशमा आएकाे प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग...

पति रेशमविरुद्ध कानुनी बाटो रोज्ने रञ्जिताको घोषणा

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी...