कठैबरा कांग्रेस! सर्पको खेलमा झैं ९९ मा पुग्यो, झरेर २ मा स्वाँट्टै : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस पार्टी नागपास खेलमा ओरालो लागेको ढ्याकजस्तै भएको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टीको प्रदेश ३ कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त भनाई राखेका हुन्।

बैठकमा ओलीले भने, ‘विप्लवको नाममा कम्युनिस्टको बर्को ओडेका सिद्धान्त नजानेकाले गृहमन्त्री बादलले लुटपाट गर्न दिन्न भन्दा आलोचना गरेको सुनियो।

अब गृहमन्त्रीले लुटपाट गर बन्दुक पड्काउ भन्ने? लुटपाट गरेर जनसत्ता दल्याउँछु भन्ने सपनाको छेउछाउ पनि पुग्दैन।’

कतिपय लोकतन्त्रवादी भन्नेले पार्टीमाथि प्रतिबन्ध लगाउन हुन्न भनेको गुनासो गर्दै ओलीले थपे, ‘काँग्रेसले समर्थन गर्‍या छ।

कठै बरा कांग्रेस, सर्पको खेल जस्तो ९९ मा पुग्यो झरेर २ मा स्वाठ्ठै।

विखण्डनकारी अन्त्य गर्यो किन गरेको लुटपाट मा प्रतिबन्ध गर्यो किन गरेको लोकतान्त्रका लडेको रे कठैबरा!’

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...