कठैबरा कांग्रेस! सर्पको खेलमा झैं ९९ मा पुग्यो, झरेर २ मा स्वाँट्टै : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस पार्टी नागपास खेलमा ओरालो लागेको ढ्याकजस्तै भएको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टीको प्रदेश ३ कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त भनाई राखेका हुन्।

बैठकमा ओलीले भने, ‘विप्लवको नाममा कम्युनिस्टको बर्को ओडेका सिद्धान्त नजानेकाले गृहमन्त्री बादलले लुटपाट गर्न दिन्न भन्दा आलोचना गरेको सुनियो।

अब गृहमन्त्रीले लुटपाट गर बन्दुक पड्काउ भन्ने? लुटपाट गरेर जनसत्ता दल्याउँछु भन्ने सपनाको छेउछाउ पनि पुग्दैन।’

कतिपय लोकतन्त्रवादी भन्नेले पार्टीमाथि प्रतिबन्ध लगाउन हुन्न भनेको गुनासो गर्दै ओलीले थपे, ‘काँग्रेसले समर्थन गर्‍या छ।

कठै बरा कांग्रेस, सर्पको खेल जस्तो ९९ मा पुग्यो झरेर २ मा स्वाठ्ठै।

विखण्डनकारी अन्त्य गर्यो किन गरेको लुटपाट मा प्रतिबन्ध गर्यो किन गरेको लोकतान्त्रका लडेको रे कठैबरा!’

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...