प्रधानमन्त्रीलाई त्रिशूली थ्रिबी जलविद्युतको २० कित्ता शेयर



हाम्रो इकोनोमि

 

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत पहिलो पटक बिक्री गरिएको माथिल्लो त्रिशूली थ्रिबी जलविद्युत् आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता शेयर परेको छ ।

फाइल तस्बिर

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित शेयर बाँडफाँड कार्यक्रममा दिइएको जानकारीअनुसार प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि २० कित्ता नै शेयर परेको छ ।

यस्तै ऊर्जामन्त्री वर्षमान पुनलाई २० कित्ता, पूर्वसभामुख ओनसरी घर्तीलाई पनि २० कित्ता र ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलाई समेत २० कित्ता शेयर परेको छ ।

शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालका अनुसार ५० हजार २६७ जनालाई जनही ३० कित्ता र एक लाख ५४ हजार ५५९ लाई भने २० कित्ता शेयर परेको छ ।

कुल ६७ आवेदन भने रद्द भएको छ । त्रिशूली जलविद्युत् कम्पनीले ३७ लाख पाँच हजार कित्ता शेयर यही चैत ७ देखि ११ गतेसम्म बिक्री गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...