“२० हजार कर्मचारीको विज्ञापन गर्न लोकसेवालाई निर्देशन दिइसकेका छौं” :- मन्त्री पण्डित



हाम्रो इकोनोमि
संघीय मामिला तथा सामान्य प्रशासनमनत्री लालबाबु पण्डितले अब छिट्टै लोकसेवा आयोगको विज्ञापन खुल्ने बताएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कर्मचारी समायोजन सकिएको जानकारी दिने उदेश्यले आयोजित पत्रकार सम्मेलनमा  मन्त्री पण्डितले यस्तो बताएका हुन् ।

कर्मचारी समायोजन सकिएको छ । संघ,प्रदेश र स्थानीय तह तिनै तह गरी कम्तिमा १५ देख २० हजार पद रिक्त हुने देखिएको छ । र रिक्त रहेका पदमा कर्मचारी पदपूर्ति गर्न लोकसेवा आयोगलाई निर्देशन दिइएको मन्त्री पण्डितले जनाए ।

चालू आर्थिक वर्षभित्र आवश्यक सबै कर्मचारीहरुको व्यवस्था हुने गरी परीक्षाको तयारी गर्न आयोगलाई निर्देशन दिएको मन्त्री पण्डितले बताए । कर्मचारी समायोजनपछि पनि झण्डै २० हजार कर्मचारी अभाव रहेकाले त्यसलाई पूर्ति गर्नका लागि आयोगलाई निर्देशन दिइएको मन्त्री पण्डितको कथन छ ।
कर्मचारी समायोजन टुंगिएसँगै अब तत्काल लोक सेवा आयोगले २० हजार विभिन्न तहका कर्मचारीका लागि आवेदन खुला गर्नेछ । आयोगको परीक्षा पास गरेकाहरुबाट आवश्यक कर्मचारीको व्यवस्था गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...