“२० हजार कर्मचारीको विज्ञापन गर्न लोकसेवालाई निर्देशन दिइसकेका छौं” :- मन्त्री पण्डित



हाम्रो इकोनोमि
संघीय मामिला तथा सामान्य प्रशासनमनत्री लालबाबु पण्डितले अब छिट्टै लोकसेवा आयोगको विज्ञापन खुल्ने बताएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कर्मचारी समायोजन सकिएको जानकारी दिने उदेश्यले आयोजित पत्रकार सम्मेलनमा  मन्त्री पण्डितले यस्तो बताएका हुन् ।

कर्मचारी समायोजन सकिएको छ । संघ,प्रदेश र स्थानीय तह तिनै तह गरी कम्तिमा १५ देख २० हजार पद रिक्त हुने देखिएको छ । र रिक्त रहेका पदमा कर्मचारी पदपूर्ति गर्न लोकसेवा आयोगलाई निर्देशन दिइएको मन्त्री पण्डितले जनाए ।

चालू आर्थिक वर्षभित्र आवश्यक सबै कर्मचारीहरुको व्यवस्था हुने गरी परीक्षाको तयारी गर्न आयोगलाई निर्देशन दिएको मन्त्री पण्डितले बताए । कर्मचारी समायोजनपछि पनि झण्डै २० हजार कर्मचारी अभाव रहेकाले त्यसलाई पूर्ति गर्नका लागि आयोगलाई निर्देशन दिइएको मन्त्री पण्डितको कथन छ ।
कर्मचारी समायोजन टुंगिएसँगै अब तत्काल लोक सेवा आयोगले २० हजार विभिन्न तहका कर्मचारीका लागि आवेदन खुला गर्नेछ । आयोगको परीक्षा पास गरेकाहरुबाट आवश्यक कर्मचारीको व्यवस्था गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...