६० दिनसम्म सुतिदिने मानिसको खोजिमा नासा, तलव २१ लाख रुपैयाँ



हाम्रो इकोनोमि

 

नासा र युरोपियन स्पेस एजेन्सी (एएसए) शून्य गुरुत्वाकर्षणको परीक्षणका लागि यस्ता २४ जनाको खोजीमा जसले ६० दिन ओछ्यानमा नै बिताउनुपर्ने छ ।

यसका लागि प्रत्येकले तलब पनि पाउनेछन् । जर्मनीमा गरिने यो परिक्षणका लागि २४ जनालाई १२–१२ को समूहमा बाँडिने छ ।

सबैले ६० दिन ओछ्यानमा नै बिताउनेछन् । यतिबेला स्वयंसेवकको टाउको हल्का तल र खुट्टा माथि हुनेछ । यसले रक्तसंचारमा कमी आउनेछ ।

लामो समयसम्म अन्तरिक्षमा बसेपछि अन्तरिक्षयात्रीका मांशपेशीमा असामान्य परिवर्तन आउन थाल्छ ।

नासा र इएसए शून्य गुरुत्वकर्षणमा शरीरमा कस्ता परिवर्तन आउँछ भनेर थाहा पाउन चाहन्छ ।

वैज्ञानिकले दोस्रो राउन्डका लागि १२ स्वयंसेवकलाई लिनेछन् । यतिबेला उनीहरु टिभी, फिल्म हेर्न सक्छन्, गेम खेल्न सक्छन् र किताब पढ्न सक्छन् ।

यसका लागि नासाको समूहले प्रत्येक व्यक्तिलाई १९ हजार डलर अर्थात् २१ लाख रुपैयाँ दिनेछन् ।

प्रतिक्रिया दिनुहोस
नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...